बिजुक्छेँको प्रश्न - सबै काम अदालतले गर्ने भए संसद्को के काम ?
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३० बुधबार
888
Shares
भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपालको संविधानमा अदालतबाट प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान नभएको बताएका छन् ।
समसामयिक राजनीतिबारे आफ्नो धारणा सार्वजनिक गर्दै उनले ल्याटिन अमेरिकी छाया अदालतमा परेको आरोप लगाए । अध्यक्ष बिजुक्छेँले भने, “सबै काम अदालतले गर्ने भए संसद्को के काम ?, सर्वोच्च अदालतको फैसला प्रजातन्त्रविपरीत, गैरसंवैधानिक तथा गलत छ, अदालतले सधैँ सही गर्छ भन्ने होइन ।”
उनले नेपालमा संसद्को सर्वोच्चता रहे पनि अहिले यसलाई समाप्त पार्ने खेल भएको उल्लेख गर्दै अदालतले फलानोलाई प्रधानमन्त्री बनाउनु भनेर भन्नै नमिल्ने तर्क राखे । अदालतले पार्टीको ह्विप लाग्दैन भन्नु प्रजातन्त्र र संविधान विपरित भएको भन्दै उनले शासक दलले न्यायाधीश नियुक्तिमा गरेको भागबन्डाको परिणाम अहिले देशले भोगेको छ भने ।