arrow

 जसपाबाट सरकारमा जाने पालो उपेन्द्र यादवको, को-को जाँदैछन् साथमा ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २८ सोमबार
upendra-yadav.jpg
फाइल तस्विर

काठमाडौँ । सर्वोच्च अदालतको फैसला पछि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्ष सरकारमा सहभागी हुने पक्का भएको छ । कोटेश्वरमा विपक्षी गठबन्धनको बैठक पछि यादव पक्षका नेताहरूले अनौपचारिक छलफल गरेका थिए । सर्वोच्चको फैसलालाई यादव पक्षका नेताहरूले स्वागत गरेका छन् । यादव पक्षका नेता इस्तियाक राइले सर्वोच्चको फैसला ऐतिहासिक भएको बताए ।

सोमबार साँझ यादव पक्षले गरेको अनौपचारिक आन्तरिक छलफलमा सरकारमा सहभागी हुने बारेमा प्रारम्भिक छलफल भएको स्रोतले बतायो । स्रोतका अनुसार यादव पक्षबाट सरकारमा सहभागी हुन यादव आफै, महेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, मृगेन्द्रसिंह यादव, रामसहाय यादव, इस्तियाक राइ, रेणु यादव तथा प्रदीप यादवलाई साथमा लिएर जाने देखिएका छन । यादव पक्षका नेताहरूले मङ्गलवार पनि बैठक गर्ने भएका छन् । यादव पक्षले संविधान संशोधनको मुद्दालाई अघि सार्दै सरकारमा सहभागी हुने भएको छ । 

जसपाको महन्थ ठाकुर पक्ष भने १९ दिन मात्र सरकारमा सहभागी भयो । जसपाका १० नेता १९ दिन र एक नेता राज किशोर यादव १३ दिन पछि केपी ओली नेतृत्व सरकारबाट बाहिरिएका थिए । सर्वोच्चको फैसला पछि ठाकुर पक्ष सरकारबाट बाहिरिएको हो । 

ठाकुर पक्ष सरकारमा गएको बेला उपेन्द्र यादव पक्ष विपक्षी गठबन्धनमा सहभागी भएको थियो । तर, अब परिस्थिति फेरिएको छ, यादव पक्ष सरकारमा सहभागी हुने भएको छ भने ठाकुर पक्ष विपक्षी गठबन्धनमा उभिने भएको छ । 

जसपा अहिले विभाजित अवस्थामा छ । निर्वाचन आयोगले भने आधिकारिकताको निर्णय सुनाउन ढिलो गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ