arrow

सर्वोच्चको फैसलाले राष्ट्रको रक्षा गरेको छ : उपेन्द्र यादव

फैसला अप्रत्याशित : ठाकुर पक्ष

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २८ सोमबार
upendra-yadav-600x0.jpg.jpeg

काठमाडौँ। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्चको फैसला ऐतिहासिक र स्वागतयोग्य भएको बताएका छन् । सर्वोच्चको फैसलाले राष्ट्र, लोकतन्त्र र संविधानको रक्षा गरेको यादवले बताए । ‘सर्वोच्चले संवैधानिक र ऐतिहासिक दायित्व पूरा गरेको छ’ यादवले भने । 

जसपाको अर्को पक्षले भने सर्वोच्चको फैसलालाई अप्रत्याशित भनेको छ । सर्वोच्चबाट फैसला आउने बित्तिकै पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफू निकट व्यक्तिहरुलाई पार्टी कार्यालय बबरमहलमा बोलाएका थिए । ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले सर्वोच्चको फैसला अप्रत्याशित भएको बताए । तर पनि सर्वोच्चको फैसला मान्नु बाहेक अर्को विकल्प नभएको उनको धारणा छ । ‘संविधानले नै संविधानको व्याख्या गर्ने अधिकार सर्वोच्चलाई दिएको छ ’कर्णले भने,‘त्यसैले सर्वोच्चको फैसला मान्नु बाहेक अर्को विकल्प छैन ।’ठाकुर पक्षका नेता डा.सुरेन्द्र झाले माग दाबी गरेभन्दा बढी सर्वोच्चले फैसला गरेको प्रतिक्रिया दिएका छन्। 

जसपा अहिले दुई कित्तामा विभाजित भएको छ । यादव पक्ष विपक्षी गठबन्धनमा सहभागी भएको छ भने ठाकुर पक्षले केपीलाई सहयोग र समर्थन गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ