arrow

संविधान बच्यो, मेरा मित्र देउवाजीलाई बधाइ छ : रामचन्द्र पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २८ सोमबार
Ramchandra-Poudel.jpg

काठमाडौंं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतलको आदेशले संविधान र लोकतन्त्र बचेको प्रतिक्रिया दिएका छन् ।

सर्वोच्च अदालतको प्रतिनिधि सभा पुनःस्थापना गर्ने निर्णयपछि हाम्राकुरासँग प्रतिक्रिया दिंदै पौडेलले न्यायमूर्तिहरुको निर्णयले संविधान र लोकतन्त्र बचेको बताए ।

न्यायमूर्तिहरुलाई बधाइ छ, सर्वोच्चको आदेशले संविधान बच्यो, ७० वर्षदेखि जोगाउँदै ल्याएको लोकतन्त्र पनि बच्यो, मेरा मित्र शेरबहादुर जीलाई पनि बधाइ छ, यो जनताको जीत हो,’ कांग्रेस वरिष्ठ नेता पौडेलले भने ।

उनले पार्टीले अब सबै पक्षसँग छलफल गरी कसरी अगाडी बढ्ने विषयमा रणनीति बनाउने पनि जानकारी दिए ।

उनका अनुसार अहिले केही बेरमा सभापति निवासमा विपक्षी गठवन्धन आबद्ध दलका नेताहरुकोसमेत बैठक बस्ने जानकारी दिए ।

कांग्रेस शीर्ष नेताहरुसमेत अहिले विकसित राजनीतिक घटनाक्रमका विषयमा रणनीति बनाउन देउवा निवासमा भेला हुँदैछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ