arrow

कुन बस्तु सिरानी नजिक हुँदा के हुन्छ हानी ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २७ आइतबार
sleeping.jpg

काठमाडौँ । रातमा राम्रो निद्रा पर्‍यो भने त्यसले एकातर्फ शारीरिक थकान पूरा गर्छ भने अर्कातर्फ मानसिक शान्ति प्राप्त हुन्छ । 

तर वास्तु शास्त्रका अनुसार केही यस्ता चिजहरू छन् जसले राति सुत्ने समयमा सिरानी नजिक राख्नु हुँदैन । 

त्यस्ता चिजहरू राख्ने हो भने त्यसले नकारात्मक भाव पैदा गर्दछ । जसले गर्दा निद्रा लाग्नु त कता हो जीवनमा हानी समेत गर्दछ । 

सुत्ने समयमा पानीको अङ्खोरा सिरानी नजिक राखेर कहिल्यै सुत्नु हुँदैन । यसले गर्दा चन्द्रमा प्रभावित हुन्छ र यसले मनोरोग हुन सक्छ । 

सुत्नुभन्दा पहिले जुत्ता–चप्पल कहिल्यै बिस्तारा मुनि वा सिरानीको नजिक राख्नु हुँदैन । यसले नकारात्मक शक्ति पैदा हुन्छ । 

मोबाइल, ल्यापटप बिस्तारामा राखेर नसुतौँ । यस्ता चिजले राहुको दोष उत्पन्न हुन्छ । 

कुनै पनि किसिमको तेल राखेर सुत्नु हुँदैन । यसले जीवनमा विभिन्न प्रकारका कठिनाइ निम्त्याउँछ । 

बिस्तारा को अगाडि कहिल्यै पनि ऐना नराखौँ । यसले रोग उत्पन्न गर्छ र पति–पत्नीबिच पनि झैझगडा भइरहन्छ । (एजेन्सीको सहयोगमा)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ