arrow

युरोकपले बढायो कोरोना, फाइनलले ‘विष्फोट’ नै गराउने आशंका

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २६ शनिबार
wembly-stadium-1966.jpg
तस्वीर– नब्बे हजार क्षमताको वैम्ब्ली स्टेडियम जहाँ युरोकपको फाइनल हुँदा रङ्गशाला दर्शकले भरिने छ । तस्वीर सन् १९६६ को हो ।

काठमाडौं । युरोकप फुटबलको फाइनल खेल आइतबार राति नेपाली समयअनुसार १२ः४५ बजे शुरु हुँदेछ । इङ्गल्याण्डको लण्डनस्थित वेम्ब्ली स्टेडियममा घरेलु टिम इङ्गल्याण्ड र इटालीबीच उपाधि भिडन्त हुँदैछ ।

सन् १९६६ मा विश्वकप जितेको इङ्गल्याण्ड त्यसयता कुनै ठूलो प्रतियोगिताको फाइनलमा पुगेको पहिलो पटक हो । घरेलु मैदानमै यति ठूलो प्रतियोगिताको फाइनलमा पुगेसँगै उपाधि घरमै राख्नका लागि इङ्गल्याण्डले ठूलो तयारी गरेको छ । 

अर्कातर्फ इटाली सन् २०१८ को रुस विश्वकपमा छनोट हुन नसकी लज्जित भएसँगै उसको रणनीति नै बदलिएको छ । जसका कारण उसले त्यसयताका सबै ३३ खेलमा अपराजित यात्रा कायम गर्दै कीर्तिमान रचिरहेको छ । 

यो फाइनल जति रोचक हुने देखिएको छ त्यत्तिकै चुनौतीपूर्ण पनि हुने देखिएको छ । यसको प्रमुख कारण हो कोरोना भाइरसको महामारी । 

फाइनलमा ९० हजार क्षमताको वेम्ब्ली स्टेडियममा ८३ हजार टिकट बिक्री भइसकेको छ । ९० हजार नै दर्शक पुग्ने अनुमान गरिएको छ । 

एउटा टिकटको १ हजार ११३ डलर पर्नेमा ब्ल्याकमा ७५ हजार १४४ डलरसम्म परेको छ । यति महंगो रकम तिरेर कोरोनालाई नै निम्तो दिएको आशंका बढिरहेको छ । 

कोरोनाको तेस्रो लहर आइरहेको बताइँदा इङ्गल्याण्डको वेम्ब्ली रंगशालाबाटै कडाखाले भाइरस इङ्गल्याण्ड र इटालीमा फैलने र त्यसले विष्फोटको काम गर्ने आशंका गरिएको छ । 

युरोकप यसपालि ११ देशका ११ शहरमा आयोजना भएको छ । जसका कारण कोरोनाले राम्रैसँग खेल्ने अवसर पाएको बुझिन्छ । युरोपमा युरोकपको अवधिमा कोरोना निकै नै बढेको छ । पछिल्लो एक हप्तामा युरोपमा कोरोना ४३ प्रतिशतले बढेको छ । 

इङ्गल्याण्डमै पनि जुन महिनाको तुलनामा जुलाईमा चार गुणा संक्रमित बढेका छन् । शुक्रबार ३६ हजारको हाराहारीमा संक्रमित थपिएका छन् । 

बिहीबार ३२ हजार ३८२ जना संक्रमित थपिए । त्यस्तै बुधबार ३२ हजार १८७ जना संक्रमित थपिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ