arrow

गाई काटेर भाग लगाउँदै गर्दा दुई किशोर र एक महिला पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २५ शुक्रबार
Arrest-Crime.jpg

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले गाई काटेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । पूर्वी चितवनको कालिका नगरपालिका–१ सुन्दरबस्तीबाट उनीहरुलाई पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा कालिका–१ की ३२ वर्षीया उर्मिला परियार, १६ वर्षिय सविन परियार र १६ वर्षिय सुवास परियार रहेको कार्यालयले जनाएको छ । 

कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार उनीहरुले बुधबार दिउँसो स्थानीयवासी महेन्द्र सुवेदीको केराबारी नजिक घोलको खाली जग्गामा गाई काटेका थिए । 

गाई काटेर भाग लगाउँदै गरेको अवस्थामा पक्राउ परेका उनीहरुलाई पशुपक्षीसम्बन्धी कसुरमा जिल्ला अदालत चितवनबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको छ । 

प्रहरीले बिहीबार साँझ घटनाको विवरण सार्वजनिक गरेको हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ