arrow

इङ्गल्याण्ड पहिलो पटक युरोकपको फाइनलमा, डेनमार्क पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २४ बिहिबार
euro-2020-england-denmark.jpg

काठमाडौं । इङ्गल्याण्ड पहिलो पटक युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । १६ औं संस्करणको युरोकपको सेमिफाइनलमा डेनमार्कलाई पराजित गर्दै इङ्गल्याण्ड फाइनलमा पुगेको हो । 

बुधबार राति घरलु मैदानमा भएको सेमिफाइनलमा डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै इङ्गल्याण्डले कीर्तिमान रचेको हो । 

वेम्बली स्टेडियममा १ गोलले पछि परेको इङ्गल्याण्डले कमब्याक खेलमा जित निकालेको हो । रोमान्चक बनेको खेलको ३० औं मिनेटमा २१ वर्षे युवा खेलाडी मिकेल डाम्सगार्डले फ्रिकिकबाट गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए ।

त्यसको ९ मिनेटपछि डेनमार्कका कप्तान सिमोन जाएरले आत्मघाती गोल गरेपछि खेल १–१ को बराबरीमा पुग्यो । इङ्गल्याण्डका बुकायो साकाको क्रसमा सिमोनले आफ्नै पोस्टमा गोल गरेका थिए ।

निर्धारित ९० मिनेटसम्म १–१ को बराबरीमै खेल रह्यो । खेल अतिरिक्त समयमा गयो । अतिरिक्त समयको १ सय ४ औं मिनेटमा कप्तान ह्यारि केनले गोल गर्दै इङ्गल्याण्डलाई २–१ को जित दिलाए । उनले आफैंले हानेको पेनाल्टीमा गोल गर्न नसके पनि रिबाउन्डमा गोल गरेर टिमलाई पहिलो पटक फाइनलमा पुर्याए । 

इङ्गल्याण्ड सन् १९६६ मा विश्वकप जितेपछि कुनै पनि मुख्य प्रतियोगिताको फाइनलमा पुग्न सकेको थिएन । 

फाइनल भिडन्त इटालीसँग
अब इङ्गल्याण्डले उपाधिका लागि फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै इटाली फाइनलमा पुगेको हो । 

इटाली दोस्रो उपाधिको खोजीमा छ । रुस विश्वकपमा सहभागी हुन नपाएको इटालीले त्यसयताका सबै खेल जितेर रेकर्ड राखेको छ । 

फाइनल खेल आइतबार राति १२ः४५ बजे हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ