arrow

ईङल्याण्ड 'फुटबल ईज कमिङ होम'को नारा साकार पार्ने धुनमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २३ बुधबार
Euro-2020-logo.jpg

काठमाडौं। ईङल्याण्डलाई १९६६ पछि कुनै पनि ठुला प्रतियोगिता (विश्वकप र युरो कप)को फाइनलमा पुग्ने अर्को मौका आएको छ। ईङल्याण्डले सन् १९९२को युरो विजेता डेनमार्कलाई पराजित गरेर फाइनल पुग्ने सपना देखेको छ। सन् १९६६को विश्वकप विजेता ईङल्याण्डले त्यसपछि कुनै पनि ठुला प्रतियोगिताको फाइनल पुगेको छैन।

सन् १९९६को युरो फुटबलको सेमिफाइनल पुगेको बेला 'फुटबल ईज कमिङ होम' (उपाधि घर आउँदै छ) को नारा शुरु भएको मानिन्छ। त्यसपछि हरेक ठुला प्रतियोगितामा उक्त नारा ईङल्याण्ड समर्थकले लगाउने गरेका छन्। तर विडम्बना त्यो फुटबल घर अहिलेसम्म घर आइपुगेको छैन।

सन्२०१८को विश्वकप फुटबलमा पनि ईङल्याण्ड सेमी फाइनलबाट बाहिरिएको थियो। उक्त समयमा पनि 'फुटबल ईज कमिङ होम'को नारा धेरै लागेको थियो। उक्त प्रतियोगितामा ईङल्याण्ड सेमी फाइनलमा क्रोएसियासँग पराजित हुँदै बाहिरिएको थियो। ईङल्याण्डको लामो समयको सपना प्रतियोगितामा देखाएको प्रदर्शन अनुसार पुरा हुने सम्भावना देखिन्छ। जुन पुरा गर्न डेनमार्क जस्तो सशक्त टोलीलाई पराजित गर्नु पहिलो काम हुनेछ।

'फुटबल ईज कमिङ होम' को नारा ईङल्याण्ड समर्थकले लगाइरहँदा उता फाइनल पुगिसकेको इटलीका समर्थकले 'फुटबल ईज कमिङ रोम' भन्न थालेका छन्। रोम इटलीको राजधानी हो। यसरी समर्थकहरू बीचको जुहारीले पनि प्रतियोगितालाई रोमाञ्चक बनाएको छ।

जारी युरो फुटबल प्रतियोगितामा ईङल्याण्डको टोलीले फाइनल पुग्ने सम्भावना अधिक रहेको जनाएको छ। डेनमार्कले यो प्रतियोगिताको पहिलो खेलमा आफ्ना स्टार खेलाडी क्रिस्चियन एरिक्सनलाई गुमाएको थियो। हृदयाघात पछि उनी खेलको बीचमा मैदानमा ढलेका थिए। उनी अहिले उपचार पछि आराम गरिरहेका छन्।

एरिक्सनको उक्त घटना पछि डेनमार्कलाई सम्हालिन समय लागेको थियो। समूह चरणको अन्तिम खेलमा विजयी हुँदै दोस्रो चरण पुगेको डेनमार्क राम्रो लयमा रहेको देखिन्छ । डेनमार्कले उत्कृष्ट प्रदर्शन गर्दै सेमीफाइनलसम्मको यात्रा तय गरेको छ। इटलीसँग फाइनलमा भिड्न दुवै टोली लालायित देखिएका छन्।

ईङल्यण्डले राउण्ड अफ सिक्सटिनमा जर्मनीलाई २-० गोलले पराजित गरेको थियो । जर्मनीलाई ठुला प्रतियोगितामा ईङल्याण्डले पराजित नगरेको लामो समय भैसकेको थियो। उक्त जितलाई पनि ईङल्याण्डका खेल प्रशंसकहरूले ठुलो उपलब्धिका रूपमा लिएका छन्। उनीहरूको चाहना ईङल्याण्डले युरो फुटबलको पहिलो उपाधि पनि उचालोस् भन्ने रहेको छ।

ईङल्याण्डले क्वार्टर फाइनलमा युक्रेनलाई ४-० गोलले पराजित गरेको थियो। ईङल्यण्डले जारी प्रतियोगितामा कुनै पनि गोल खाएको छैन। त्यसैगरि डेनमार्कले राउण्ड अफ सिक्सटिनमा वेल्सलाई ४-० गोलले पराजित गरेको थियो भने क्वार्टर फाइनलमा चेक गणतन्त्रलाई २-० गोलले पराजित गरेको थियो।

ईङल्यण्डका लागि आफ्नो घरेलु मैदानको फाइदा भने हुने छ। वेम्ब्ली रंगशालामा ६० हजार समर्थकबीच उक्त खेल हुनेछ। कोरोनाका करणले डेनमार्कका समर्थक ईङल्याण्ड आए पनि १० दिनको आईसोलेशनको नियमले मैदान जान पाउने छैनन्। ईङल्यण्डमा पहिल्यैदेखि रहेका डेनमार्कका समर्थकहरू मात्र मैदान जान पाउने छन्।

करिब ६० हजार दर्शकमा अधिकांश ईङल्याण्डका समर्थक हुने निश्चित रहेको छ । त्यसमाथि घरेलु दर्शक र मैदानको फाइदा ईङल्याण्ड टोलीलाई हुनेछ। उक्त खेल नेपाली समय अनुसार बिहीबार ००:४५ बजे हुनेछ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ