नेहरुका रक्षामन्त्रीले हार्दै गरेको चुनाव जिताएका दिलीप कुमार
हाम्रा कुरा
प्रकाशित २०७८ असार २३ बुधबार
1.4k
Shares
काठमाडौँ । बलिउड सुपरस्टार दिलीप कुमारले बलिउड मात्र नभएर भारतीय राजनीतिलाई पनि प्रभावमा पारेका थिए । राजनीतिलाई उनले बलिउडसँग कनेक्सन सन् १९६२ को चुनावदेखि गराए । बुधवार दिलीप कुमारको निधन भयो । १९६२ को आम चुनावमा पहिलो पटक बलिउड सुपरस्टार दिलीप कुमारले चुनावको प्रचार गरेका थिए ।
सो समय उत्तरी मुम्बई सिटमा काँग्रेस नेता कृष्ण मेननको प्रतिस्पर्धा उनका कट्टर विरोधी सोशलिस्ट पार्टीका आचार्य जेबी कृपलानीसँग भएको थियो ।
मेनन प्रधानमन्त्री जवाहरलाल नेहरुको मन्त्रीमण्डलका रक्षामन्त्री थिए । साथै भारतले चीनसँगको युद्ध हारेको थियो । विपक्षी दल मेननलाई हटाउने माग गरिरहेको थियो तर नेहरु हटाउन तयार थिएनन् । यस्तो अवस्थामा जेबी कृपलानीले सीतामढि (विहार) को आफ्नो सुरक्षित सिट छोडेर मुम्बईमा मेनन विरुद्ध चुनावमा उत्रिए ।
मेननको चुनौतीलाई नेहरुले आफ्नै सम्झिए । यसै क्रममा मेनन माथि एक पत्रिकाले कविता छाप्यो - चिनियाँ हमला हुन्छ , मेनन साहब सुत्छन् । कृपलानीजीलाई आउन देऊ ।'
दिलीप कुमारको आत्मकथा 'वजूद ओर परछाई' का अनुसार नेहरुले उनलाई मेननको पक्षमा प्रचार गर्न आग्रह गरे । नेहरुले भने अनुसार नै दिलीप कुमार प्रचारमा जुटे । अन्ततः प्रचार यति व्यापक भयो कि कृपलानीले चुनाव हारेका थिए ।
कलाकार दिलिपकुमार करिब ६ दशक भन्दा बढी समय चलचित्र जीवनमा उनले ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् । उनले सन् १९४४ मा ज्वारभाटा नामक चलचित्रबाट अभियन यात्रा सुरु गरेका थिए । उनको लोकप्रियता भने सन् १९४९ मा प्रदर्शनमा आएको चलचित्र अन्दाजबाट बढेको हो । उनले देवदास, नया दौर, मुग्ली ए आजम, गङ्गा जमुना, क्रान्ति र कर्मा जस्ता चर्चित हिन्दी चलचित्रमा अभिनय गरेका थिए ।
उनकी पत्नी साएरा बानु पनि बलिउड अभिनेत्री हुन् । उनहरुका सन्तान भने छैनन । सन् १९२२ को डिसेम्बर महिनामा पाकिस्तानको पेसावरमा जन्मिएका दिलिपकुमारको सुरुको नाम भने युसुफ खान हो । भारतीय र हिन्दी चलचित्र क्षेत्रमा प्रवेश गर्ने क्रममा उनले आफ्नो नाम पनि परिवर्तन गरेर दिलिपकुमार राखेका थिए । यस्तो अभ्यास अन्य कलाकारहरुले पनि गरेकाले उनले पनि त्यही गरेको बताइन्छ ।
उनको निधनप्रति कलाकार तथा राजनीतिज्ञलगायत धेरैले दुःख व्यक्त गरेका छन् । धेरैले उनलाई भारतीय चलचित्रले स्थापित गरेका सर्वश्रेष्ठ अभिनेताको संज्ञा पनि दिएका छन् ।