arrow

युरो सेमिफाइनल: इटली र स्पेनको परीक्षा हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २२ मंगलबार
Euro-2020-logo.jpg

काठमाडौं। युरोकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा स्पेन र इटली भिड्दै छन्। विश्व फुटबलमा बलिया मानिएका दुई टोलीबीचको भिडन्तमा विजयीले फाइनलमा इङल्याण्ड वा डेनमार्कको सामना गर्नेछ।

तिन पटको विजेता स्पेनले राम्रो लयमा रहेको एक पटकको विजेता इटलीको सामना गर्नेछ। जारी प्रतियोगितामा पाँचवटा खेल जितेको इटली राम्रो लयमा रहेको र टोलीले राम्रो फुटबल खेलिरहेको देख्न सकिन्छ । पहिलो दुई खेल बराबरीमा टुङ्ग्याएको स्पेनले पनि केही लय समात्न खोजेको जस्तो देखिन्छ ।

सन् २०१२को युरो जित्ने क्रममा स्पेनले इटलीलाई फाइनलमा ४-० गोलले पराजित गरेको थियो। त्यसको लगत्तै सन् २०१६को युरोमा इटलीले राउण्ड अफ सिक्सटिनको खेलमा स्पेनलाई २-० गोलले पराजित गरेको थियो।

इटली टोलीका व्यवस्थापक रोबर्टो मान्सिनीको नेतृत्वमा उनको टोलीले लगातार पछिल्लो ३२ खेलमा अपराजित रहेको छ । यसबाट पनि इटली टोलीको लय बुझ्न सकिन्छ ।

स्पेन टोलीको आक्रमण राम्रो रहेको छ। जारी प्रतियोगितामा स्पेनले लगातार दुई खेलमा ५-५ गोल गर्ने युरोको कीर्तिमान पनि राखेको छ। क्रोएसिया र स्लोभाकिया विरुद्ध पाँच-पाँच गोल गर्दै स्पेनले उक्त कीर्तिमान आफ्नो नाममा राखेको हो।

इटलीका लोरेनो इन्सिग्ने स्पेन विरुद्धको खेलमा हेर्न लायक खेलाडी हुनेछन्। उनले इटलीका लागि पछिल्लो १५ खेलमा ६ गोल र ७ असिस्ट गरिसकेका छन्। इटलीका लागि लियोनार्डो स्पिनाजोलाको अनुपस्थिति भने खट्किने निश्चित रहेको छ। राम्रो लयमा रहेका देब्रे तिर विंगरका रूपमा खेल्ने स्पिनाजोलाले प्रतियोगितामा राम्रो प्रभाव पारेका थिए।

स्पेनका लागि पाब्लो साराबिया पनि घाइते खेलाडीका रूपमा रहेका छन्। सनले इटली विरुद्धको खेल नखेल्ने सङ्केतहरू देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। मध्यपंक्तिका आक्रामक खेलाडी साराबिया जारी प्रतियोगितामा राम्रो लयमा रहेका छन्।

ठुला प्रतियोगिताहरूमा सेमिफाइनलका खेलहरू अति नै प्रतिस्पर्धात्मक हुने गर्दछन्। यस्ता खेलहरूमा जुन टोलीले खेल अवधिभर शान्त, सटिक र प्रभावकारी खेल खेल्छ विजयी त्यही टोली हुने गर्दछ। यस्ता दबाबमा खेल्नु पर्ने खेलहरू खेलाडी र टोलीका परीक्षाका रूपमा पनि लिन सकिन्छ । 

पहिलो सेमिफाइनल खेल नेपाली समय अनुसार बुधवार ००:४५ बजे 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ