arrow

नरेन्द्र मोदी मन्त्रीमण्डल विस्तार गर्दै, यी हुन सक्नेछन् नयाँ अनुहार 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २२ मंगलबार
narendra-modi1.jpg

काठमाडौं । भारतमा नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले मन्त्रीमण्डल विस्तार गर्दैछ । २८ जनाको स्थान खाली भएकामा बुधबार १७ देखि २२ जना मन्त्रीले शपथ लिन सक्ने जनाइएको छ । 

दोस्रो कार्यकालका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो पटक मन्त्रीमण्डल विस्तार गर्न थालेका हुन् । बुधबार बिहान स्थानीय समयअनुसार शपथ ग्रहण हुनेसमेत दाबी गरिएको छ । 

गृहमन्त्री अमित शाह र भाजपा संगठन महामन्त्री बीएल सन्तोषसँग भएको छलफलपछि मन्त्रीमण्डल विस्तार गर्न लागिएको हो । उत्तर प्रदेश, बिहार, महाराष्ट्र र मध्यप्रदेशबाट मन्त्री बन्ने बताइएको छ । 

मध्यप्रदेशमा भाजपा सरकार बनाउन भूमिका खेल्ने ज्योतिरादित्य सिन्धिया मन्त्री बन्न सक्ने बताइन्छ । त्यस्तै राकेश सिंह पनि मन्त्री बन्न सक्नेछन् । 

बिहारबाट लोजपा सांसद पशुपतिकुमार पारस र जेडीयूका आरसीपी सिंहलाई मन्त्री बनाउन सकिने छ । उत्तर प्रदेशबाट अनुप्रिया पटेलको नाम अगाडि छ । त्यस्तै वरुण गान्धी, रामशंकर कठेरिया, अनिल जैन, रीता बहुगुणा जोशी, जफर इस्लामको नाम पनि चर्चामा छ । 

महाराष्ट्रबाट हिना गोवित, भुपेन्द्र यादव, पुनम महाजन र प्रीतम मुन्डेको नाम चर्चामा छ । 

मोदीले पूर्व ३ मुख्यमन्त्रीलाई पनि मन्त्री बनाउने बुझिएको छ । उत्तराखण्डका पूर्व मुख्यमन्त्री तीरथ सिंह रावत, असमका पूर्व मुख्यमन्त्री सर्वानन्द सोनोवाल र महाराष्ट्रका पूर्व मुख्यमन्त्री नारायण राणेलाई मन्त्री बनाउन सक्नेछन् । 

भारतीय संचारमाध्यमहरुले लद्दाखबाट जामयाङ नामग्याल, उत्तराखण्डका अजय भट्ट वा अनिल बलुनी, कर्नाटकबाट प्रताप सिन्हा, पश्चिम बंगालबाट जगन्नाथ सरकार, शान्तनु ठाकुर, हरियाणबाट बृजेन्द्र सिंह, राजस्थानबाट राहुल कासवान, ओडिशाबाट अश्विनी वैष्णव, दिल्लीबाट परवेश वर्मा वा मीनाक्षी लेखी मन्त्री बन्न सक्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ