arrow

जीपी कोइराला फाउण्डेशन पर्साद्वारा रक्तदान कार्यक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २१ सोमबार
GP-parsa.jpeg

काठमाडौं । जीपी कोइराला फाउण्डेशन पर्साले नेपालका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पुर्वसभापति गिरिजा प्रसाद कोइरालाको ९८ औं जन्म जयन्तीको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

‘रक्तदान जीवन दान’ भन्ने उद्देश्यले गिरिजा प्रसाद कोइराला फाउण्डेशन पर्साले स्व गिरिजा प्रसाद कोइरालाको ९८ औं जन्मोत्सवको अवसरमा आकस्मीक रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्तदान कार्यक्रममा एक महिला सहित ६० जनाले रक्तदान गरेका छन् ।

कोरोना महामारीका कारण ब्लड बैंक वीरगंज शाखामा रगत अभाव भएकोले जन्मोत्सवको अवसर पारेर अकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरेको फाउण्डेशन पर्साका सहसचिव मिन्टु देवी सिंहले बताइन् ।

गिरिजा प्रसाद कोइराला फाउण्डेशनले आयोजना गरेको रक्तदान कार्यक्रमको प्रमुख अतिथि वीरगंज महानगरपालिकाको उप प्रमुख शान्ति कार्कीले  श्रीमती नजमा बेगमलाई ब्लड पाउच दिएर कार्यक्रमको उद्घाटन गरेकी थिइन ।

रक्तदान कार्यक्रमको अध्यक्षता फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले गरेका थिए भने प्रमुख अतिथि वीरगंज महानगर पालिकाको उपप्रमुख शान्ति कार्की प्रमुख अतिथि रहेकी थिइन ।

कार्यक्रममा कांग्रेस पर्साका उपसभापति दिना प्रसाद गुप्ता, प्रकाश उपाध्याय, वीरगंज महानगरपालिका वडा नं ६ का वडाध्यक्ष ध्रुव नेपाल, श्याम कुमार पोख्रेल,नरेन्द्र साह, विजय पौडेलको आतिथ्यमा फाउण्डेशनका सन्तोष सिहं, दिलिपराज कार्की, जितेन्द्र सिहं,मेहबुब अली(शेरु)हाजी शोहेल अख्तर अंसारी, हुकुम सिहं, शेख नेजामुदिन, भैयाराम पटेल, पुरुषोतम दुवे, सदिप कुमार केवट, सुरेश श्रीवास्तव, मोहन पटेल, मोहम्मद सलाउदिन,समिर खान,सहजाद हवारी , साहलि मंसुरी,वहाब अंसारी लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण नेपाल प्रेस युनियन पर्साका सचिव लालकिशोर सिहले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ