arrow

बन्यो युरोकपको सेमिफाइनल समीकरण, यस्तो छ लेखाजोखा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २० आइतबार
Euro-2020-logo.jpg

काठमडौं । १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति क्वार्टरफाइनलका खेलहरु सकिएसँगै सेमिफाइनल समीकरण तयार भएको हो । 

सेमिफाइनलमा इटाली, स्पेन, डेनमार्क र इङ्गल्याण्ड पुगेका छन् । क्वार्टरफाइनलमा इटाली कीर्तिमानसहित बेल्जियमलाई २–१ गोलले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको छ । 

स्पेनले स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्यो । डेनमार्कले चेक गणतन्त्रलाई २–१ ले पराजित गर्दै २८ वर्षपछि पहिलो पटक सेमिफाइनलमा पुग्यो । 

इङ्गल्याण्ड युक्रेनलाई ४–० गोल अन्तरले पराजित गर्दै २५ वर्षपछि सेमिफाइनलमा स्थान बनायो । 

युरोपका ११ राष्ट्रका ११ शहरमा जारी प्रतियोगिता ११ जुलाईमा सकिँदैछ । अहिलेसम्म १० राष्ट्रले उपाधि जितेका छन् । सेमिफाइनलमा पुगेका चार टिममा यसअघि उपाधि जितेका तीन टिम छन् भने इङ्गल्याण्डमात्र उपाधि नजितेको टिम हो । ११ को संयोग चलिरहँदा लयमा रहेको इङ्गल्याण्डले उपाधि जित्यो भने ११ औं देशसमेत बन्नेछ । 

सेमिफाइनल खेलहरु मंगलबार र बुधबार हुनेछन् । दुवै सेमिफाइनल इङ्गल्याण्डको वेम्बली स्टेडियममा हुनेछन् । 

मंगलबार राति १२ः४५ बजे पहिलो सेमिफाइनलमा इटाली र स्पेन भिड्ने छन् । इटाली एक पटक र स्पेन तीन पटक च्यापियन बनिसकेको छ ।  

दोस्रो सेमिफाइनलमा बुुधबार राति १२ः४५ बजे इङ्गल्याण्ड र डेनमार्क भिड्ने छन् । डेनमार्क एक पटकको च्याम्पियन हो भने इङ्गल्याण्ड पहिलो पटक उपाधि जित्ने होडमा रहेको छ । 

फाइनल खेल वेम्बली स्टेडियममै ११ जुलाईमा हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ