arrow

अठ्ठाइस वर्षपछि डेनमार्क युरोकपको सेमिफाइनलमा, चेक गणतन्त्र बाहिरियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २० आइतबार
euro-2020-denmark.jpg

काठमाडौं । डेनमार्क दोस्रो पटक युरोकप फुटबलको उपाधि जित्ने लक्ष्यसहित अगाडि बढेको छ । उक्त क्रममा डेनमार्कले १६ औं संस्करणको युरोकपको सेमिफाइनलमा स्थान बनाइसकेको छ । डेनमार्कले क्वार्टरफाइनलमा चेक गणतन्त्रलाई पराजित गर्दै सन् १९९२ पछि पहिलो पटक सेमिफाइनलको यात्रा तय गरेको हो । 

बाकु ओलम्पिक स्टेडियममा शनिबार राति भएको क्वार्टरफाइनलमा डेनमार्क २–१ गोल अन्तरले विजयी हुन सफल भयो । डेनमार्कलाई जित दिलाउन थोमस डेलाने र कास्पर डोलवर्गले एक एक गोल गरे ।

चेकका प्याट्रिक शिकले एक गोल फर्काए । खेलको पाँचौं मिनेटमा थोमसले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाए  । 

खेलको ४२ औं मिनेटमा डोलवर्गले गोल गर्दै डेनमार्कलाई २–० को अग्रता दिलाए । ४९ औं मिनेटमा प्याट्रिकले गोल गर्दै चेकलाई २–१ को स्थितिमा ल्याए । त्यसपछि गोल नहुँदा चेक पराजित भयो । 

टिम बाहिरिए पनि प्याट्रिकले जारी प्रतियोगितामा पाँच गोल पूरा गरेका छन् । उनले अर्को बाहिरिएको टिम पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोसँग गोल बराबरी गर्दै गोल्डेन बुटको दाबेदारी कायमै राखेका छन् । 

अब डेनमार्कले सेमिफाइनलमा इङ्गल्याण्डसँग खेल्नेछ । युक्रेनलाई ४–० गोल अन्तरले पराजित गर्दै इङ्गल्याण्ड पहिलो पटक उपाधि जित्ने होडमा सेमिफाइनलमा पुगेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ