arrow

स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउट फापेन, स्पेन सेमिफाइनलमा  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १९ शनिबार
euro-2020-spain-switzerland.jpg

काठमाडौं । तीन पटकको च्याम्पियन स्पेन १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।रुसमा शुक्रबार राति भएको जारी संस्करणको पहिलो क्वार्टरफाइनलमा स्वीट्जरल्याण्डलाई पराजित गर्दै स्पेन सेमिफाइनलमा पुगेको हो ।

१० खेलाडीमा सीमित स्वीट्जरल्याण्डले पेनाल्टी सुटआउटसम्म आफूलाई लैजान सफल भए पनि राउन्ड अफ सिक्सटिनमा पूर्व विजेता फ्रान्सलाई हराए जसरी स्पेनलाई हराउन भने सकेन । 

स्पेन पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले विजयी भयो । सेन्ट पिटर्सवर्ग स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । 

पेनाल्टी सुटआउटमा पुगेसँगै स्वीट्जरल्याण्डले जित्ने अनुमान गरिएको थियो । त्यस अनुमानलाई निस्तेज पार्दै स्पेनले बाजी मारेको हो । 

यसअघि खेलको आठौं मिनेटमा स्पेनले आत्मघाती गोल उपहारबाट अग्रता बनाएको थियो । स्वीस खेलाडी डेनिस जाकारियाले आत्मघाती गोल गरेका थिए । 

६८ औं मिनेटमा कप्तान जद्रान शाकिरीले गोल गर्दै स्वीट्जरल्याण्डलाई १–१ गोलको बराबरीमा फर्काए । ७८ औं मिनेटमा रेमो फ्रिउलर रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपटि स्वीट्जरल्याण्ड १० जनामा समेटियो । 

स्पेनका जेरार्ड मोरेनोलाई खराब ट्याकल गरेपछि रेमोलाई रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए ।

पेनाल्टीमा भने स्पेनका डानिल ओल्मो, जेरार्ड मोरेनो र मिकेल ओयार्जबलले गोल गरे  । स्वीट्जरल्याण्डका मारियो गाभ्रानोभिचले पहिलो प्रहारमै गोल गर्दै टिमलाई अग्रता दिलाए पनि त्यसपछि भने टिम गोल गर्न असफल भयो । 

स्वीट्जरल्याण्डले राउन्ड अफ सिक्सटिनमा ३–१ ले पछि परेको स्थितिमा ३–३ को बराबरी गर्दै फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराएको थियो । तर स्पेन विरुद्धको खेलमा भने स्वीस खेलाडीहरु गोल गर्न चुके । 

अब स्पेनले सेमिफाइनलमा इटालीसँग खेल्नेछ । इटालीले क्वार्टरफाइनलमा बेल्जियमलाई हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ