arrow

स्पेनसँग भिड्न स्वीट्जरल्याण्ड तयार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १८ शुक्रबार
Euro-spain-swiss.jpg

काठमाडौं । युरोकप फुटबल प्रतियोगिता अन्तर्गत क्वार्टरफाइनलका खेलहरू शुक्रवारदेखि शुरू हुँदैछन् । पहिलो खेलमा स्पेनले स्वीट्जरल्याण्डसँग खेल्न लागेको छ । राउण्ड अफ सिक्सटिन मा २०१८को विश्वकप विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गरेर आएको स्वीट्जरल्याण्डको मनोबल उच्च रहेको छ ।

स्पेन राम्रो लयमा रहेको छ । राउण्ड अफ सिक्सटिनमा क्रोएसियालाई ५–३ले पराजित गरेको स्पेनले समूह चरणको अन्तिम खेलमा स्लोभाकियालाई ५–० गोलले पराजित गरेको थियो ।  यो युरोकपमा लगातार दुई खेलमा ५ गोल गर्ने स्पेन पहिलो टोली बनेको छ ।

स्वीट्जरल्याण्डका म्यानेजरले फ्रान्स विरुद्धको जित पछि ुहामी जितका भोका छौुं भनेका थिए । उनको टोलीको भोक फ्रान्ससँगको खेलमा सारा विश्वले देखेको थियो । स्पेनलाई चुनौती दिन स्वीट्जरल्याण्ड तयार रहेको उनको अभिव्यक्तिबाट प्रष्ट हुन्छ ।

स्वीट्जरल्याण्डले फ्रान्सलाई चमत्कारिक रूपमा पराजित गरेको थियो । फ्रान्सले ८० औं मिनेटसम्म ३–१ को अग्रता लिएको थियो । उक्त अग्रतालाई अन्तिम १० मिनेटमा २ गोल गर्दै स्वीट्जरल्याण्डले बराबरीमा टुङ्गाएर खेल टाइब्रेकरमा पुर्याउँदै नतिजा आफ्नो पोल्टामा पारेको थियो ।

अहिलेसम्म यी दुई टोलीबीच २२ खेल भएकोमा स्पेनले १६ खेल जितेको छ भने स्वीट्जरल्याण्डले १ खेलमा जित हात पारेको छ ।  यसैगरी पाँच खेल बराबरीमा टुङ्गिएको छ । स्वीट्जरल्याण्ड जितेको एक खेल २०१० को विश्वकपको समूह चरणको खेल रहेको थियो । उक्त विश्वकपको उपाधि स्पेनले जितेको थियो ।

युरोकपमा स्वीट्जरल्याण्डको यो पहिलो क्वार्टरफाइनल खेल रहेको छ । स्वीट्जरल्याण्ड स्पेन विरुद्धको खेलमा नियमित कप्तान ग्रानित शाका बिना नै मैदानमा उत्रिने छ । उनले फ्रान्ससँगको खेलमा दोस्रो पहेँलो कार्ड पाएका कारण स्पेन विरुद्धको खेल गुमाएका हुन् । 

दुई टोलीको खेल नेपाली समय अनुसार शुक्रवार २१ः४५ बजे हुनेछ । 

युरोकपले नयाँ च्याम्पियन पाउने प्रवल सम्भावना, यस्तो छ समीकरण  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ