आयोगहरुमा गरिएका नियुक्ति वदरको माग गर्दै सर्वोच्चमा पुरक रिट
हाम्रा कुरा
प्रकाशित २०७८ असार १६ बुधबार
1.5k
Shares
काठमाडौं। विभिन्न संवैधानिक आयोगहरुको अध्यक्ष, आयुक्त एवं सदस्यहरुमा गरिएको नियुक्ति प्रथम दृष्टिमैं गैरसंवैधानिक, बदनियत एवं कपटपूर्ण रहेकोले बदर गरि पाउ भनि सर्वोच्च अदालतमा पूरक रिट दर्ता भएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले विभिन्न आयोगहरुको अध्यक्ष, आयुक्त एवं सदस्य २० जनाको नियुक्ति वदर गरि पाउँ भनि बुधवार पूरक रिट दर्ता गराएका हुन् । त्रिपाठीले गत असार १० गते सर्वोच्चमा रिट दर्ता गरेका थिए ।
रिटको अंतिम टुंगो नलागेसम्म नीजहरुलाई आयोगहरुको सदस्य तथा पदाधिकारीको हैसियतले कुनै कार्य नगराउनु भनि अन्तरिम आदेश समेतको माग गरेको त्रिपाठीले जनाएका छन् ।
धारा २९२ को संसदीय सुनवाईको बाध्यात्मक संबैधानिक बन्दोबस्तलाई छलेर गरिएको नियुक्ति स्वत: बदरभागी भएको त्रिपाठीले दायर गरेको रिटमा उल्लेख छ ।