arrow

आयोगहरुमा गरिएका नियुक्ति वदरको माग गर्दै सर्वोच्चमा पुरक रिट 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १६ बुधबार
supreme-court-long.jpg

काठमाडौं। विभिन्न संवैधानिक आयोगहरुको अध्यक्ष, आयुक्त एवं सदस्यहरुमा गरिएको नियुक्ति प्रथम दृष्टिमैं गैरसंवैधानिक, बदनियत एवं कपटपूर्ण रहेकोले बदर गरि पाउ भनि सर्वोच्च अदालतमा पूरक रिट दर्ता भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले विभिन्न आयोगहरुको अध्यक्ष, आयुक्त एवं सदस्य २० जनाको नियुक्ति वदर गरि पाउँ भनि बुधवार पूरक रिट दर्ता गराएका हुन् । त्रिपाठीले गत असार १० गते सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

रिटको अंतिम टुंगो नलागेसम्म नीजहरुलाई आयोगहरुको सदस्य तथा पदाधिकारीको हैसियतले कुनै कार्य नगराउनु भनि अन्तरिम आदेश समेतको माग गरेको त्रिपाठीले जनाएका छन् ।

धारा २९२ को संसदीय सुनवाईको बाध्यात्मक संबैधानिक बन्दोबस्तलाई छलेर गरिएको नियुक्ति स्वत: बदरभागी भएको त्रिपाठीले दायर गरेको रिटमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ