arrow

पचपन्न वर्षपछि इङ्गल्याण्डले पहिलो पटक जर्मनीलाई हरायो नकआउट चरणमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १६ बुधबार
euro-2020-england-germany-c.jpg

काठमाडौं । उपाधि दाबेदार जर्मनी १६ औं संस्करणको युरोकप फुटबलको राउन्ड अफ सिक्सटिनबाटै बाहिरिएको छ । मंगलबार राति भएको खेलमा तीन पटकको च्याम्पियन जर्मनीलाई इङ्गल्याण्डले पराजित गरेको हो । लण्डनस्थित वेम्बली स्टेडियममा ऐतिहासिक जित हासिल गर्ने क्रममा इङ्गल्याण्ड २–० गोल अन्तरले विजयी भएको हो । 

५५ वर्षपछि पहिलो पटक जर्मनीलाई नकआउट चरणमा हराउन सफल भएको इङ्गल्याण्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङ र ह्यारी केनले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७५ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै इङ्गल्याण्डलाई शुरूआती अग्रता दिलाए । 

उनको जारी युरोकपमा स्ट्रर्लिङको तेस्रो गोल हो । त्यस्तै खेलको ८६ औं मिनेटमा कप्तान केनले गोल गर्दै इङ्गल्याण्डलाई २–० को जित दिलाए । जारी युरोमा उनको यो पहिलो गोल हो । 

जितसँगै दोस्रो पटक युरोकपको क्वार्टरफाइनलमा पुगेको हो । 

यसअघि इङ्गल्याण्डले जर्मनीलाई सन् १९६६ को विश्वकप फाइनलमा पराजित गरेयता नकआउटमा पहिलो पटक पराजित गरेको हो । 

खेलमा इङ्गल्याण्डले ४ प्रहार गरेकामा दुई गोल गरेको हो भने जर्मनले ३ प्रहार गरे पनि गोल गर्न सकेन । जर्मनी खेलमा ५२ प्रतिशत बल आफ्नो नियन्त्रणमा लिन सफल भए पनि गोल गर्न असफल भयो ।

इङ्गल्याण्डले ३ वटा तथा जर्मनीले २ वटा पहेँलो कार्ड खाएको खेलमा जर्मनीले ९ तथा इङ्गल्याण्डले ११ वटा फाउल खेलेको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ