arrow

रोमाञ्चक खेलमा क्रोएसियाविरुद्ध स्पेन विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १५ मंगलबार
euro-esp-cro.jpg

काठमाडौं। युरोकपमा रोमाञ्चक खेलहरू जारी रहेका छन्। त्यस्तै अर्को रोमाञ्चक खेला स्पेनले क्रोएसियालाई ५-३ गोलले पराजित गर्दै क्वार्टर फाइनल प्रवेश गरेको छ। क्रोएसियाले खेललाई रोमाञ्चक बनाएको थियो। क्रोएसियाले निर्धारित समयको अन्तिम ७ मिनेटमा दुई गोल फर्काउँदै खेल थप समयमा पुर्‍याएको थियो।

खेलको २०औं मिनेटमा स्पेनको गोलकिपरको गल्तीले क्रोएसियाले अग्रता पाएको थियो। खेलको ३८औं मिनेटमा स्पेनका पाब्लो सराबियाले गोल गर्दै खेल १-१को बराबरीमा पुर्‍याएका थिए। खेलको ५७औं मिनेटमा सेसार एज्प्लिक्वेटाले गोल गर्दै स्पेनलाई २-१को अग्रता दिलाएका थिए।

त्यसैगरि खेलको ७७औं मिनेटमा फेरान टोरेसले गोल गर्दै स्पेनलाई ३-१को सहज स्थितिमा पुर्‍याएका थिए। यो स्थितिबाट स्पेन सहज जितका लागि खेल्न थालेको थियो। क्रोएसियाले उक्त सहज खेलमा दबाब बढाउँदै गयो। खेलको ८५औं मिनेटमा मिस्लाव ओर्सिचले गोल गर्दै खेल ३-२ बनाएका थिए।

क्रोएसियाले दबाब बढाउने क्रममा दोस्रो हाफको थप समयमा तेस्रो गोल गर्‍यो। मारियो पासालिचले ९२औं मिनेटमा गोल गर्दै खेल ३-३को बराबरी भयो र खेलमा थप आधा घण्टा थपियो। उक्त थपिएको समयमा स्पेनले दुई गोल गर्दै खेल ५-३ले विजयी भएको थियो।

खेलको १००औं मिनेटमा अल्वारो मोराटाले गोल गरेका थिए भने १०२औं मिनेटमा मिकेल ओयारजाबलले गोल गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ