जम्मु काश्मीरस्थित सीमा क्षेत्रमा पाकिस्तानद्वारा युद्ध विरामको उल्लङ्घन
हाम्रा कुरा
प्रकाशित २०७८ असार १४ सोमबार
2.5k
Shares
साङ्केतिक तस्बिर
जम्मु काश्मीर। पाकिस्तानले भारतसँग सीमा क्षेत्रमा युद्ध विरामको सहमति उल्लङ्घन गरेको छ। भारतसँगको सीमा क्षेत्र जम्मु काश्मीरस्थित नियन्त्रण सीमा रेखा क्षेत्रमा पाकिस्तान सेनाले गोलाबारी गर्दै युद्ध विराम उल्लङ्घन गरेको हो। नियन्त्रण सीमा रेखा क्षेत्रमा पाकिस्तान सेनाले सीमा सुरक्षा बलमाथि लक्षित गरी कारबाही गरेको बताइएको छ।
पाकिस्तान सेनाले सीमामा उत्तेजना बढाएपछि भारत सेनाले उचित जवाफ फर्काएको बताएको छ। गत, फेब्रुअरी २४ मा नियन्त्रण सीमा रेखामा पाकिस्तान र भारतका दुवै सेनाले युद्ध विरामको संयुक्त सहमति गरेको डिक्यान हेराल्डले लेखेको छ।