arrow

डच स्तव्ध, चेक क्वार्टरमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १४ सोमबार
euro-2020-check-netherlands.jpg

काठमाडौं । नेदरल्यान्ड्स स्तव्ध हुँदै १६ औं संस्करणको युरोकप फुटबलको राउन्ड अफ सिक्सटिनबाटै बाहिरिएको छ । प्रतियोगिता शुरु हुनुअघि उपाधि दावेदार मानिएको डच टोली चेक गणतन्त्रसँग पराजित हुँदै बाहिरिएको हो । 

हंगेरीको पुस्कास एरिनामा आइतबार राति भएको राउन्ड अफ सिक्सटिनको खेलमा चेकले १० खेलाडीमा सीमित नेदरल्यान्ड्सलाई २–० गोल अन्तरले पराजित गरेको हो  ।

 चेकलाई जित दिलाउन टोमस होल्स र प्याट्रिक शिकले एक एक गोल गरे । खेलको ५५ औं मिनेटमा डिफेन्डर म्याथिस डी लिग्टले रातो कार्ड पाएपछि नेदरल्यान्ड्स १० खेलाडीमा समेटियो । 

त्यसपछि कमजोर बनेको डचमाथि हावी हुने क्रममा खेलको ६८ औं मिनेटमा टोमसले गोल गर्दै चेकलाई १–० को अग्रता दिलाए । 

८० औं मिनेटमा प्याट्रिकले गोल गर्दै चेकलाई २–० गोल अन्तरले जिताए । उनले जारी युरोमा चौथो गोल गरेका हुन् । 

नेदरल्यान्ड्स समूह सी को विजेता बन्दै नकआउट चरणमा स्थान बनाउन सफल भएको थियो । उसले निकालेको शतप्रतिशत जितको यात्रा भने राउन्ड अफ सिक्सटिनमै टुंगियो । 

चेक भने समूह डी बाट तेस्रो स्थानमा रहेर मुस्किलले अन्तिम १६ मा स्थान बनाएको थियो । 

अब चेकले क्वार्टरफाइनलमा डेनमार्कसँग खेल्नेछ । डेनमार्क वेल्सलाई ४–० गोल अन्तरको फराकिलो अन्तरले हराएर अन्तिम आठमा स्थान बनाएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ