arrow

सय वर्षकी आमाको उदाहरण दिँदै नरेन्द्र मोदीले यस्तो गरे आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १३ आइतबार
narendra-modi2.jpg
तस्वीर–फाइल ।

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस विरुद्धको खोप लगाउन सम्पूर्ण भारतीयलाई आग्रह गरेका छन् । आइतबार रेडियो कार्यक्रम ‘मन की बात’ मा देशवासीलाई सम्बोधन गर्दै मोदीले मोदीले सबैलाई खोप लगाउन आग्रह गरेका हुन् । 

प्रधानमन्त्री भएपछि मन की बातको ७८ औं श्रृंखलामार्फत उनले मध्यप्रदेशका बैतुलका एक गाउँका स्थानीयहरुसँग कुराकानी गर्दै मोदीले भ्रमको पछि नलागी खोप लगाउन आग्रह गरे । बैतुलमा खोप लगाए ज्यान जान्छ भनी हल्ला चलाइएपछि त्यहाँका मानिसहरु खोप लगाउन डराउँछन् । 

मोदीले आफूहरुले भ्रम फैलन दिनु हुँदैन भन्दै आफूले दुवै डोज खोप लगाएको बताउँदै भने, ‘मेरी आमाले सय सालको उमेरमा पनि भ्याक्सिनको दुवै डोज लगाउनु भएको छ । देशका २० करोड भन्दा बढीले खोप लगाएका छन् । तपाईहरु पनि खोप लगाउनुस् र बाँकीलाई पनि प्रेरित गर्नुस् ।’

उनले मन की बातमा पाँच वटा अपील गरेका छन् । उनले भनेका छन्, 
१, खोपका लागि जागरुकता फैलाऔं । 
२, ओलम्पिकमा जाँदै गरेका खेलाडीलाई शुभकामना दिऔं । 
३, स्वास्थ्यकर्मीको उत्साह बढाऔं । 
४, वर्षाको पानीलाई संरक्षण गरौं । 
५, औषधीय विरुवाको महत्व सम्झिऔं । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ