राजदूत सिफारिस भएका युवराज कार्कीको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
हाम्रा कुरा
प्रकाशित २०७८ असार १३ आइतबार
1.9k
Shares
काठमाडौं । सर्वोच्च अदालतले सरकारबाट वैशाख २५ गते बहराइनका लागि राजदूतमा नियुक्तिका लागि सिफारिस भएका युवराज कार्कीको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । कार्कीको योग्यता नपुगेको भन्दै निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
अधिवक्ता दीपक मिश्रले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले कार्कीको निर्णय कार्यान्वयन नगर्न भनेको हो ।
प्रतिनिधिसभा विघटन भएको अवस्थामा संसदीय सुनुवाइ नभइ नियुक्तिका लागि सिफारिस भएकाले अदालतको यस्तो आदेश आएको हो । कार्की पूर्वसामान्य प्रशासन मन्त्री समेत हुन् ।