arrow

नेदरल्याण्ड्स र चेक गणतन्त्र क्वार्टर फाइनल पुग्न खेल्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १३ आइतबार
Euro-Ned-Chz.jpg

काठमाडौं। युरो कप फुटबल अन्तर्गत दोस्रो चरण (राउण्ड अफ सिक्सटिन)का खेलहरू शुरु भएसँगै नेदरल्याण्ड्स र चेक गणतन्त्र दोस्रो चरण (राउन्ड अफ सिक्सटिन)मा खेल्दै छन्। 

नेदरल्याण्ड्स समूह 'सी'मा आफ्ना सबै खेल जितेर पहिलो हुँदै दोस्रो चरण पुगेको हो भने चेक समूह 'डी'बाट तेस्रो भएर दोस्रो चरण पुगेको हो। सन् १९८८को युरो विजेता नेदरल्याण्ड्स राम्रो लयमा देखिएको छ । क्वार्टर फाइनल पुग्नका लागि दुवै टोलीले भरमग्दुर प्रयास गर्ने छन्। 

यी दुई टोलीबीच सन् २०१५को युरो छनोट चरणमा अन्तिम पटक भेट भएको थियो।उक्त खेलमा खेलमा चेकले नेदरल्याण्ड्सलाई ३-२ गोलले पराजित गरेको थियो। त्यसैगरि युरो २००४को खेलमा चेकले नेदरल्याण्ड्सलाई ०-२को स्थितिबाट ३-२ गोल गर्दै जित हात पारेको थियो।

नेदरल्यण्ड्सका मेम्फिस डिपे राम्रो लयमा रहेका छन्। उनले नेदरल्यण्ड्सका लागि पछिल्लो १० खेलमा ९ गोल र ४ अशिष्ट गरिसकेका छन्। डिपेले जारी युरोमा २ गोल र २ अशिष्ट गरिसकेका छन्। त्यसैगरि चेकका प्याट्रिक सिक पनि राम्रो लयमा देखिएका छन्। उनले जारी युरोमा ३ गोल गरिसकेका छन्। 

दुई टोलीबीचको खेल नेपाली समय अनुसार आइतबार २१:४५ बजे हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ