-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
झापा । झापाको अर्जुनधारा–१ स्थित विरिङ खोलामा डुबेको अवस्थामा एक युवकको शव फेला परेको छ ।
मृतक अर्जुनधारा नगरपालिका–३ का ४० वर्षीय राजकुमार खनाल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए ।
अर्जुनधारा नगरपालिकाको साधुटार होक्से सडक खण्ड अन्तर्गत पर्ने बिरिङ खोलामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
मृतक खनाल शुक्रवार राति १० बजे घरबाट कसैलाई नभनी एक्लै हिडेका थिए । शनिबार विहान ६ः३० बजे स्थानीयले उनको शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
घटनाको विषय लाई लिएर ईलाका प्रहरी कार्यालय अनारमनी र प्रहरी चौकी शनिश्चरेले अनुसन्धान गरिरहेको डिएसपी थापाले जानकारी दिएका छन् ।