arrow

घरबाट रातीनै सुटुक्क निस्केका राजकुमार बिरिङ खोलामा मृत भेटिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १२ शनिबार
death-1618215084.jpg

झापा । झापाको अर्जुनधारा–१ स्थित विरिङ खोलामा डुबेको अवस्थामा एक युवकको शव फेला परेको छ ।

मृतक अर्जुनधारा नगरपालिका–३ का ४० वर्षीय राजकुमार खनाल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए ।

अर्जुनधारा नगरपालिकाको साधुटार होक्से सडक खण्ड अन्तर्गत पर्ने बिरिङ खोलामा उनको  शव फेला परेको प्रहरीले जनाएको छ ।

मृतक खनाल शुक्रवार राति १० बजे घरबाट कसैलाई नभनी एक्लै हिडेका थिए । शनिबार विहान ६ः३० बजे स्थानीयले  उनको शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

घटनाको विषय लाई लिएर  ईलाका प्रहरी कार्यालय अनारमनी र प्रहरी चौकी शनिश्चरेले अनुसन्धान गरिरहेको डिएसपी थापाले जानकारी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ