अमेरिकामा बाह्रतले आवासीय भवन भत्कियो एकको मृत्यु, ९९ सम्पर्कविहीन
हाम्रा कुरा
प्रकाशित २०७८ असार ११ शुक्रबार
2.3k
Shares
काठमाडौं । अमेरिकाको फ्लोरिडामा एक आवासीय भवन भत्किएको छ । फ्लोरिडाको मायामी शहरमा १२ तले उक्त भवनको आधा भाग तत्किएर ध्वस्त हुँदा एक जनाको मृत्यु भएको छ भने ९९ जना सम्पर्कविहीन भएका छन् ।
सय बढी घरपरिवार बस्दै आएको उक्त भवन भत्किदा त्यहाँ कतिजना थिए भन्ने यकिन खुलेको छैन । सीएनएनका अनुसार कम्तीमा एक जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् ।
धेरै जना च्यापिएको र अहिलेसम्म पत्ता लगाउन पनि कठिन भएपछि उद्दार टोलीले कुकुरहरु, सुन्ने यन्त्र र क्यामेराको प्रयोग गरेर जिवितै रहेकाहरुलाई खोजिरहेको छ ।