arrow

काँग्रेस महाधिवेशन

रामचन्द्र पौडेलले आफू निकट नेताको बैठक बोलाए

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ असार ९ बुधबार
Ramchandra-Poudel.jpg
फाइल तस्बिर

काठमाडौँ। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकट नेताहरूको बैठक बोलाएका छन्। सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनका लागि सातै प्रदेशका आफू निकट नेताहरूलाई भेट गरेर आगामी महाधिवेशनमा नेतृत्वमा भिड्ने सन्देश दिइसकेका बेला पौडेललेसमेत आफू निकट नेताहरूको बैठक बोलाएका हुन्।

पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले क्रियाशील सदस्यता बारे छलफल गर्न बैठक बोलाइएको जानकारी दिए। उनका अनुसार बिहीबार दिउसो २ बजे वसुन्धरामा रहेको दियालो फुड ल्यान्डमा सामाजिक दूरी कायम गर्दै छलफल गरिने जनाएका हुन्।

काँग्रेसले १६ देखि १९ भदौसम्म महाधिवेशन गर्ने गरी केन्द्रीय समिति बैठकबाट कार्य तालिका अनुमोदन गरिसकेको छ। कार्य तालिका अनुमोदन भएसँगै नेताहरूले भेटघाटसमेत बढाउँदै लगेका छन्।

काँग्रेसका हालका उपसभापति विमलेन्द्र निधिले पनि आगामी महाधिवेशनमा पार्टी नेतृत्वका लागि आफू अघि सर्ने भन्दै भेटघाटलाई तीव्रता दिँदै आइरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ