arrow

अष्ट्रिया पहिलो पटक युरोकपको नकआउटमा, युक्रेन प्रतिक्षामा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ८ मंगलबार
euro-austria-ukraine.jpg

काठमाडौं । अष्ट्रिया पहिलो पटक युरोकप फुटबलको नकआउट चरणमा पुगेको छ । सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा युक्रेनलाई १–० गोल अन्तरले पराजित गर्दै अष्ट्रिया उपविजेता बन्दै राउन्ड अफ सिक्सटिनमा प्रवेश गरेको हो ।

नेसनल एरिनामा अष्ट्रियालाई जित दिलाउन क्रिस्टोफ बाउम्गार्टनरले निर्णायक गोल गरे । उनले खेलको २१ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । 

यो जितले अष्ट्रियाले ठूलो फड्को मार्न सफल भएको छ । अहिलेसम्म अष्ट्रिया युरोकपको अन्तिम १६ मा पुगेको थिएन । अब भने उसको प्रतिद्धन्द्धी उपाधि दावेदार इटाली बनेको छ । इटाली समूह ए को विजेता हो ।

पहिलो खेलमा नर्थ म्यासेडोनियालाई ३–१ ले हराएको अष्ट्रिया दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २–० गोल अन्तरले पराजित भएको थियो ।

पराजित भएसँगै युक्रेन भने ३ अंकबाट समूहको तेस्रो स्थानमा छ । गोल अन्तर माइनस १ रहेको युक्रेनले राउन्ड अफ सिक्सटिनमा पुग्नका लागि सबै समूहको खेलको नतिजा कुर्नुपर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ