arrow

बेल्जियमको शतप्रतिशत जित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ८ मंगलबार
euro-2020-belgium-finland.jpg

काठमाडौं । बेल्जियम शतप्रतिशत नतिजासहित समूह विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको राउन्ड अफ सिक्सटिनमा प्रवेश गरेको छ । सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा फिनल्याण्डलाई पराजित गर्दै बेल्जियम समूह विजेता बनेको हो ।

रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा भएको खेलमा बेल्जियमले फिनल्याण्डलाई २–० गोल अन्तरले पराजित गरेको हो । बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले एक गोल गरे ।  बेल्जियमले एक गोल आत्मघाती उपहार पाएको थियो ।

फिनल्याण्डका गोलकिपर लुकास ह्राडेकीले ७५ औं मिनेटमा आत्मघाती गोल गरे ।  थोमसको हेडर बल पोस्टमा लागेर फर्किएको बल लुकासलाई लाग्दै गोलमा परिणत भएको थियो ।  

यस जितसँगै समूह बी को बेल्जियमले शतप्रतिशत जित निकाल्दै अन्तिम १६ को यात्रा तय गरेको हो । समूह विजेता बेल्जियमले ३ खेलमा ९ अंक जोड्यो । अहिलेसम्म समूह ए बाट ईटाली पनि शतप्रतिशत नतिजासहित अर्को चरणमा पुगेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ