arrow

अस्पताललाई रु बयालिस लाख सहयोग

logo
प्रकाशित २०७३ असार २१ मंगलबार
seti-hospital.jpg.jpeg
धनगढी। धनगढी उपमहानगरपालिका—३ बोराडाँडी निवासी देवकीदेवी अवस्थीले सेती अञ्चल अस्पताल धनगढीमा सघन उपचार कक्ष सञ्चालनका लागि रु ४२ लाख सहयोग गरेकी छन् । 
 
अस्पतालमा आज आयोजित कार्यक्रममा श्रीमती अवस्थीले संयुक्त रुपमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सूर्यबहादुर गुरुङ र व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज पाण्डेयलाई उक्त रकमको चेक हस्तान्तरण गरिन् । 
 
श्रीमती अवस्थीले पति कृष्णदत्तको सघन उपचार कक्षमा राखेर समयमै उपचार पाउन नसकी निधन भएको स्मरण गर्दै पतिको स्मृतिमा अस्पतालको सघन उपचार कक्षको व्यवस्थापनका लागि उक्त रकम दान गरेकी हुन् । 
 
अस्पतालमा दाताका नाममा लेखिएको शिलालेखको कैलालीका प्रजिअ गोविन्द रिजालले अनावरण गर्नाका साथै दाता अवस्थीलाई सम्मान गरे । अस्पतालले उक्त रकम सघन उपचार कक्षको व्यवस्थापनका साथै असहाय र गरिबको उपचारमा खर्च गर्ने जनाएको छ । अस्पतालमा एक वर्षअघि सघन उपचार कक्ष स्थापना गरिएको थियो । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ