arrow

स्पेनलाई पेनाल्टी चुकाउँदा महंगो, समूह ईबाट सबै टिमको दावेदारी खुला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ६ आइतबार
euro-2020-spain-poland.jpg

काठमाडौं । स्पेनले १६ औं संस्करणको युरोकप फुटबलमा लगातार दोस्रो बराबरी खेलेको छ । पहिलो खेलमा स्वीडेनसँग गोलरहित बराबरी खेलेको स्पेनले दोस्रो खेलमा शनिबार राति पोल्याण्डसँग बराबरी खेलेको हो । 

घरेलु सेभियाको मैदानमा भएको खेलमा स्पेन १–१ गोलको बराबरीमा रोकिएको हो । स्पेनले दुई वटा महत्वपूर्ण अवसर पाउँदा पनि खेल जित्न सकेन । 

पहिलो शुरूआती अग्रता र दोस्रो पाएको पेनाल्टीको अवसर । खेलको २५ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । 

५४ औं मिनेटमा कप्तान रोबर्टो लेवान्डोस्कीले गोल गर्दै पोल्याण्डलाई १–१ गोलको बराबरीमा ल्याए । 

५८ औं मिनेटमा स्पेनले पेनाल्टी पायो । तर जेरार्ड मोरेनोले प्रहार गरेको बल पोस्टमा लाग्दै बाहिरियो । 

यसअघि पहिलो खेलमा पोल्याण्डले स्लोभाकियासँग २–१ गोलको हार बेहोरेको थियो । 

अंक तालिका र समीकरण 
दोस्रो चरणको समाप्तिपछि स्वीडेन ४ अंकबाट पहिलो, स्लोभाकिया ३ अंकबाट दोस्रो, स्पेन २ अंकबाट तेस्रो र पोल्याण्ड १ अंकबाट चौथो स्थानमा छ । 

अब अन्तिम चरणको खेलबाटै राउन्ड अफ सिक्सटिनको टुंगो लाग्नेछ । अन्तिम चरणको खेलमा जुन २३ तारिख राति ९ः४५ बजे स्पेन र स्लोभाकिया तथा स्वीडेन र पोल्याण्ड खेल्नेछन् । 

अर्थात् सबै टिमलाई बराबरी अवसर रहेको छ । स्वीडेनले हार बेहोर्दा पनि तेस्रोमध्ये उत्कृष्ट चारमा परेर राउन्ड अफ सिक्सटिनमा जाने पक्काजस्तै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ