arrow

युरो फुटबल: स्विडेनद्वारा स्लोभाकिया पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ४ शुक्रबार
Euro-sweden-slvk.jpg
तस्विर साभार: युईएफए

काठमाडौं। युरोकप फुटबलको १६औं संस्करण अन्तर्गत समूह 'ई' अन्तर्गत स्विडेनले स्लोभाकियालाई १-० गोलले पराजित गर्दै अङ्क तालिकामा तीन अङ्क जोड्न सफल भएको छ। दुई खेलमा चार अङ्कका साथ स्विडेन पहिलो स्थानमा रहेको छ भने स्लोभाकिया २ खेलमा तीन अङ्कका साथ दोस्रो स्थानमा रहेको छ।

खेलको ७७औं मिनेटमा स्विडेनले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै एमिल फोर्ब्सवर्गले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। दुवै टोलीबाट लगातारको आक्रमण पछि पनि कुनै गोल हुन नसकेपछि उक्त एक गोल नै निर्णायक साबित भएको थियो।

समूह 'ई'मा स्पेन एक खेलबाट १ अङ्कका साथ तेस्रो स्थानमा रहेको छ। त्यसैगरि एक खेलबाट पोल्याण्डले कुनै पनि अङ्क जोड्न सकेको छैन।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ