arrow

हङकङ : एप्पल डेलीमा छापा हानेर ५ अधिकारीलाई प्रहरीले गर्‍यो पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ४ शुक्रबार
Apple-Daily.jpg

काठमाडौँ । हङकङमा प्रहरीले प्रजातन्त्र समर्थक सञ्चारमाध्यम एप्पल डेलीका पाँच अधिकारीहरूलाई पक्राउ गरेको छ ।

प्रहरीले कम्पनीका प्रमुख कार्यकारी अधिकृत चेंग किम हंग, प्रमुख अपरेटिंग अफिसर, रोयस्टन चौ, मुख्य सम्पादक रायन ल, एसोसिएट पब्लिसर चेन पुं म्यान, प्लेटफर्म निर्देशक चेंग ची वाईलाई पक्राउ गरेको हो ।

उनीहरूसँगै कार्यालयमा रहेको उनीहरूको सामग्री समेत प्रहरीले लगेको छ भने कम्पनीको झन्डै २३ लाख अमेरिकी डलर बराबरको सम्पत्ति फ्रिज गरेको छ ।

अधिकारीहरूलाई राष्ट्रिय सुरक्षा कानुनको धारा २९ को उल्लङ्घन गरेको आरोप लगाइएको छ । यो धाराले कुनै देश वा विदेशी संस्थासँग देशको सुरक्षा खतरा हुने किसिमले संलग्नता गरेको भन्ने ठहर गर्छ ।

हङकङ राष्ट्रिय सुरक्षा एकाइका वरिष्ठ अधिकृत स्टीव लीले एप्ल डेलीले सन् २०१९ देखि चिनियाँ र अङ्ग्रेजी दुवै भाषामा प्रकाशन गरेका ३० वटा समाचारले कथित तथ्यहरू जोड्दा त्यसले बाहिरी प्रतिबन्धलाई मात दिएको आरोप लगाएका छन् ।

चीनले सन् २०२० मा हङकङमाथि राष्ट्रिय सुरक्षा कानुन लागु गरे यता एक हजार भन्दा बढी प्रजातन्त्र समर्थक व्यक्तित्वहरूलाई पक्राउ गरेको छ ।

यसअघि एप्पल डेलीकै संस्थापक जिम्मी लाइलाई समेत पक्राउ गरिएको छ । अहिले उनी २० महिने जेल सजायमा छन् ।

सो कदमले हङकङमा स्वतन्त्रता र प्रजातन्त्रको लागि आवाजमा गम्भीर आक्रमण गरेको भन्दै अन्तर्राष्ट्रिय पत्रकार सङ्घ(आईएफजे)ले घटनाको विरोध गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ