arrow

पार्टीको आधिकारिकताको लागि उपेन्द्र यादव पुनः निर्वाचन आयोग जाने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३ बिहिबार
upendra-yadav-president-jasapa.jpg
तस्बिर : रासस

काठमाडौं । पार्टीको आधिकारिकताको माग गर्दै जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष पुनः निर्वाचन आयोग जाने भएको छ ।

जसपाको दुबै पक्षले एकले अर्कोलाई पार्टीबाट गरेको निष्कासनलाई निर्वाचन आयोगले खारेज गरेको छ । आयोगको उक्त निर्णयविरुद्ध कानुनी र राजनीतिक लडाइ लड्ने अध्यक्ष यादवले बताएका छन् ।

बिहीबार बसेको जसपाको उपेन्द्र पक्षको कार्यकारिणी समितिको बैठकले आधिकारिकताकोलागि पुनः निर्वाचन आयोगमा जाने निर्णय गरेको हो । बहुमत कार्यकारिणी समितिका सदस्यहरू यादवको पक्षमा छन् ।

आफूसँग बहुमत कार्यकारिणी समितिका सदस्यहरूको हस्ताक्षर भएकोले आफ्नो पक्षलाई बैधानिकता दिनुपर्ने माग यादव पक्षको छ । बिहिवार बसेको कार्यकारिणी समितिको बैठकले पार्टीको आधिकारिकताकोलागि निर्वाचन आयोग जाने निर्णय गरेको यादव पक्षका कार्यकारिणी समितिका सदस्य इस्तियाक राइले बताए । 

पार्टीको ह्विप उल्लंघन गरेकोमा लुम्बिनी प्रदेश सभाका जसपाका ४ जना सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय यादव पक्षले गरेको छ । कार्यकारिणी बैठकले चुरे दोहन गर्ने सरकारी निर्णय फिर्ता लिन पनि माग गरेको छ । 

यता जसपाको महन्थ ठाकुर पक्षले बिहिवार बोलाइएको कार्यकारिणी समितिको बैठक पार्टीको आधिकारिक बैठक नभएको बताएको छ । बिहिवार पार्टीको कुनै बैठक नबोलाइएको भन्दै ठाकुरले निर्वाचन आयोगमा चिठी समेत लेखेका छन् । जसपा अहिले दुई चिरामा परेको छ । आयोगले भने दुई अध्यक्ष रहने गरी साविककै पदाधिकारीलाई मान्यता दिने निर्णय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ