arrow

उपेन्द्र यादवले बोलाए जसपाको कार्यकारिणी बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १ मंगलबार
upendra-yadav-600x0.jpg.jpeg

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन् ।

जसपा अध्यक्ष यादवले ३ असारका लागि कार्यकारिणी समितिको बैठक बोलाएका हुन् । बैठकमा समितिमा रहेका सबैलाई बोलाइएको छ ।

अध्यक्ष यादवले पार्टी भित्र देखिएको विवादका बारे निर्वाचन आयोगले कुनै निर्णय नदिएपछि कानुनी तथा राजनीतिक लडाइको तयारीका विषयमा रणनीति बनाउन कार्यकारिणी समितिको बैठक बोलाएका हुन् ।

अध्यक्ष यादवले केही समयअघि जसपाका अध्यक्ष महन्थ ठाकुर सहितका नेताहरुलाई कारवाही गरी सो बारेको विवरण अद्यावधिक गर्न भन्दै निर्वाचन आयोगलाई पत्र पठाएका थिए ।

यसैगरी ठाकुर पक्षले पनि यादवसहितलाई कारवाही गर्दै विवरण अद्यावधिक गरिदिन आयोगलाई गुहारेका थिए । तर आयोगले भने दुबै समूहको पत्रलाई अस्वीकार गरिदिएको थियो ।

त्यसपछि यादव पक्ष राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार वैधानिकता दाबी गर्दै निर्वाचन आयोग जाने तयारीमा छ । यो दफा अनुसार यादव पक्ष अव दलको वैधानिकता विवाद् सम्वन्धी विषयलाई अघि बढाएर आयोग जाने पक्षमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ