arrow

डिशहोमले युरो कपको प्रत्यक्ष प्रसारण गर्दै, नेपाली भाषामा पनि कमेन्ट्री सुन्न सकिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३० आइतबार
DishHome EURO.jpg

काठमाडौँ ।  नेपालको डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमले युरो कपको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । डिशहोमको एक्सन स्पोर्ट्स च्यानलबाट युरो कपको प्रत्यक्ष प्रसारण हेर्न सकिने भएको हो । 

‘डिशहोमबाट हुने युरो कपको प्रत्यक्ष प्रसारण नेपाली  र अंग्रजी दुवै भाषामा कमेन्ट्री सुन्न सकिन्छ, इन ब्युल्ट भाषा चाहिँ अंग्रजी कमेन्ट्री हुनेछ । तर ग्राहकले रिमोटबाट नेपाली भाषामा समेत कमेन्ट्री हेर्न सक्छन् ।’

डिशहोमका ग्राहकले रिमोटमा रहेको पहेँलो रङ्गको अडियो बटनमा थिचेर नेपाली भाषामा कमेन्ट्री हेर्न सक्ने छन् । त्यहाँ अंग्रेजीमा आइरहेको छ भने अडियो बटन थिचेपछि नेपाली आउँछ र नेपालीमा आइरहेको छ भने अङ्ग्रेजीमा आउँछ । 

‘डिशहोमको एक्सन स्पोर्ट्स च्यानल अरू केबल अपरेटरहरूमा पनि उपलब्ध रहेको छ । त्यहाँ पनि रिमोटमा अडियो परिवर्तन गर्न सक्ने सुविधा भए भाषा परिवर्तन गर्न सकिन्छ । 

डिशहोमको एक्सन इस्पोर्ट्स एचडी च्यानल क्लियर टिभी (च्यानल नम्बर ५४३), सिम टिभी (च्यानल नम्बर १०५/९९१), मेरो टिभी (च्यानल नम्बर ९००), नेट टिभी (च्यानल नम्बर ५२९), डिओइएन टिभी (च्यानल नम्बर ४२००) र प्रभु टिभी (च्यानल नम्बर ७१६) बाट पनि हेर्न सकिने छ । 

साथै डिशहोमको च्यानल नम्बर १०५ मा एसडी र ९९१ मा एचडी क्वालिटीमा एक्सन स्पोर्ट्स च्यानल हेर्न सकिने छ । युरो कप सन् २०२० मा सञ्चालन गर्ने तय भएको थियो । तर कोरोना महामारीका कारण स्थगित भएपछि सन् २०२१ मा सुरु भएको  हो । 

युरो कप २०२१ जुन ११ देखि जुलाई ११ सम्म हुँदै छ । युरो कपमा कुल २४ टिमले प्रतिस्पर्धा गर्दै छन् । त्यसमा ९ टिम पूर्व विजेता रहेका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ