arrow

युरो २०२० : जाग्यो रोम, उद्घाटन (फोटोफिचरसहित) 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २९ शनिबार
euro-2020-opening.jpg

काठमाडौं । कोरोना भाइरसको महामारीबीच पनि युरोकप फुटबलको १६ औं संस्करणको उद्घाटन भव्य भएको छ । इटालीको रोममा शुक्रबार रातिको उद्घाटन भव्य भएको हो । सारा संसारलाई त्यही उद्घाटनले जगाएको थियो । 

एन्ड्रि बोसेलीको उत्कृष्ट ‘नेसन डोर्मा’ (यो फुटबलको एउटा चर्चित गीत हो) , आकर्षक फायरवर्कस् लाइट अप, इटालियन लिजेन्डस् फ्रान्सिस्को टोटी र आलेसान्द्रो नेस्टाको उपस्थितिले उक्त उद्घाटन आकर्षक बनेको थियो । 

स्टाडियो ओलम्पिकोमा भएको उक्त उद्घाटनमा विभिन्न रङ्गका फुटबलको प्रदर्शन गरिएको थियो । 

उद्घाटनपछि इटालीले घरेलु मैदानमा टर्कीसँग खेलेको थियो । खेलमा इटाली ३–० गोल अन्तरले विजयी भयो । 

यसपालिको १६ औं संस्करण ११ देशका ११ शहरमा ११ जुनदेखि ११ जुलाइसम्म हुँदैछ । २४ टिमले भाग लिँदैछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ