arrow

युरोको इतिहासमा पहिलो गोल आत्मघाती, इटालीको शानदार शुरूआत  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २९ शनिबार
euro-2020-italy-win.JPG

काठमाडौं । युरोकप फुटबलको १६ औं संस्करण (युरो २०२०) शुरू भएको छ । शुक्रबार राति भएको उद्घाटन खेलमा इटालीले शानदार शुरूआत गरेको छ । इटालीको रोममा भएको खेलमा टर्कीलाई ३–० गोल अन्तरले पराजित गर्दै इटालीले शानदार एवं सुखद शुरूआत गरेको हो । 

इटालीलाई जित दिलाउन सिरो इमोबाइल र लोरेन्जो इन्सिन्याले एक एक गोल गरे । इटालीले एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको ५३ औं मिनेटमा टर्कीका मेरिह डेमिरलको आत्मघाती गोलबाट इटालीले शुरूआती अग्रता बनाएको थियो ।

युरोकपको इतिहासमा पहिलो पटक पहिलो गोल आत्मघाती गोल भएको हो । जितसँगै समूह ‘ए’ को इटालीले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । इटाली तालिकाको शीर्ष स्थानमा रहेको छ ।

समूह एमा इटाली र टर्कीसहित वेल्स र स्वीटरजरल्याण्ड रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ