arrow

पेय पदार्थमा आध्यात्मिक अनुसन्धान

logo
अध्यात्म विज्ञान,
प्रकाशित २०७८ जेठ २१ शुक्रबार
soft-drink.jpg

काठमाडौँ । आध्यात्मिक अनुसन्धान मार्फत सात्त्विक जीवनको यस खण्डमा,  हामीले विभिन्न प्रकारका लोकप्रिय पेय पदार्थहरू र तिनीहरूको मानिसमा पर्ने आध्यात्मिक प्रभावको तुलना गरेका छौँ । निम्नलिखित संक्षिप्त तालीकामा पेय पदार्थको क्रम आध्यात्मिक अशुद्धि देखि आध्यात्मिक शुद्धिको (माथि देखि तल)  साथै त्यसको सेवन गरेपछि व्यक्तिलाई आध्यात्मिक विश्वको अनिष्ट शक्तिबाट प्रभावित हुने आशङ्का अनुसार राखिएको छ।

May be an image of text that says '१८ अनिष्ट शक्तिको प्रभावर ३१ ५१ उच्च पेयको प्रकार सत्वर रजर तमर रक्सी (अडंगुरको मदिरा सहित) बिनाको चिया कोक इत्यादि पेय दुध बिनाको कफी दूश हालेको चिया दूध हालेको कफी हर्बल चिया फलफुलको रस नरिवलको पानी पानी५ मही लोकल गाईको दुश ३१ ४६ ५१ ४९ ४८ १८ २१ १८ २० २१ २१ ३१ ३१ ३१ ३१ ३३ ५१ ३३ ३१ ३१ ३१ ३१ २५ २१ १८ १७ १३ उच्च मध्यम मध्यम मध्यम मध्यम मध्यम थोरे थोरे थोरे थोरे न्यूनतम ४८ ४४ ४८ ५१ ५२'

श्रोत : एसएसआरएफ द्वारा २१ जुलाई २०१३ मा गरिएको आध्यात्मिक अनुसन्धान

अध्यात्म शास्त्र अनुसार सम्पूर्ण ब्रह्माण्ड तीन आधारभूत सूक्ष्म घटकले बनेको छ । सत्त्व, रज र तम । सत्त्व गुण आध्यात्मिक शुद्धता र ज्ञानको प्रतीक हो; रजोगुण क्रियाशीलताको प्रतीक हो; जबकि तमोगुणले अज्ञानता र अकर्मण्यतालाई दर्साउँछ । कुनै पनि वस्तुको स्पन्दन त्यो वस्तुको मूलभूत प्रधान गुणमा निर्धारित हुन्छ र सबै वस्तुमा मूलभूत घटक विद्यमान हुन्छ ।

अनिष्ट शक्ति र हाम्रो आध्यात्मिक अभ्यासमा प्रभावको सम्बन्ध : मदिरा अथवा कालो चिया जस्तो तम प्रधान पेयको सेवन गरेपछि, व्यक्तिमा आध्यात्मिक अशुद्धि बढ्दछ जसको माध्यमले आध्यात्मिक आयामको अनिष्ट शक्तिद्वारा व्यक्तिमाथि आक्रमण हुने आशङ्का अधिक धेरै हुन्छ । व्यक्ति जति अधिक मात्रामा यसको सेवन गर्दछ, त्यति नै अधिक मात्रामा यसको परिणाम हुन्छ । परिणामस्वरूप जसलाई कालो चिया र मदिराको लत हुन्छ, उनीहरू माथि यसको ठुलो मात्रामा दुष्परिणाम हुन्छ ।

आध्यात्मिक अभ्यास गरिरहेका साधकहरू जो अधिक सात्त्विक अथवा आध्यात्मिक रूपमा शुद्ध बन्न खोज्दछन्, तम प्रमुख पेय पदार्थहरू पिउँदा उनीहरूलाई आध्यात्मिक प्रगति गर्नको लागि नकारात्मक रूपमा असर गर्दछन् । साथै यसले साधनामा बाधा ल्याउन प्रयास गरिरहेको अनिष्ट शक्तिको अगाडि स्वयंलाई असुरक्षित बनाउँछ ।

सन्त जसको ८०% भन्दा अधिक आध्यात्मिक स्तर हुन्छ, उनीहरूले रक्सी पिए पनि त्यसले खासै प्रतिकूल प्रभाव पार्दैन किनभने उनले पेय पदार्थको घटक परिवर्तन गर्न सक्छन् । उदाहरणको लागि रक्सीलाई पानीमा परिवर्तन गर्न सक्छन्।

यसले कालो चियालाई बुझाउँदछ र यसमा हर्बल चिया समावेश गरिएको छैन । कोक रज-तम प्रमुख पेय पदार्थ हो र यस्तो हुनुमा  त्यसको रासायनिक तत्त्व एउटा मुख्य कारण हो । कुनै पनि पेय पदार्थ जसमा रसायन हुन्छ, त्यसमा उच्च तमोगुण हुने आशङ्का अधिक हुन्छ । पानी मूलतः तटस्थ हुन्छ; तर यसले सजिलै दुवै सकारात्मक तथा नकारात्मक स्पन्दनहरू ग्रहण गर्न सक्ने गुण हुन्छ ।

बायो-फिडब्याक मेशिन डिडिएफएओ प्रयोग गरेर एसएसआरएफले व्यक्तिहरूको कुण्डलिनी चक्रहरूमा रक्सी र फलफूलको रसको प्रभावको अध्ययन गरेका छन् । अनिष्ट शक्तिबाट पीडित र पीडा रहित व्यक्तिमा दुई प्रकारको पेय पदार्थहरू रक्सी (ह्विस्की) र फलफूलको रस (सुन्तलाको रस) को प्रभाव सम्बन्धी अनुसन्धान गरिएको छ । हामीले साधना गर्ने व्यक्ति र साधना नगर्ने व्यक्ति माथि पनि अनुसन्धान गरिएको छ ।

इमेल : [email protected]

वेवसाइट:  स्पिरिच्युअल साइन्स रिसर्च फाउन्डेसन (एसएसआरएफ)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ