arrow

चुरे क्षेत्र ध्वस्त पार्ने ओलीको योजनाप्रति जसपाको गम्भीर आपत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २० बिहिबार
upendra-yadav-600x0.jpg.jpeg

काठमाडौं । व्यापार घाटा कम गर्ने निहुँमा केपी शर्मा ओली नेतृत्वको सरकारले चुरे क्षेत्र ध्वस्त पार्ने योजना बनाएकोप्रति जनता समाजवादी पार्टी (जसपा) नेपालले गम्भीर आपत्ति जनाएको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले अध्यादेशमार्फत ल्याएको बजेट वक्तव्यमा खानीजन्य ढुङ्गा, गिटी, बालुवा निर्यात अथवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिने र निजी क्षेत्रको संलग्नतामा चुरे क्षेत्रमा वसोवास गराउने, वन विनाश गरी होटल, मोटल, रिसोर्ट आदी खोल्ने भनिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । 

विज्ञप्तिमा ‘सरकारको यो नीति, कार्यक्रम र योजना वातावरणीय हिसाबले घातक रहेको छ । यसबाट नवघनाढ्यदेखि व्यवसायीलाई त फाइदा नै होला तर यसबाट सबैभन्दा बढी प्रभाव चुरेको संवेदनशील क्षेत्रमा नै पर्ने र त्यसले तराई–मधेशमा ठूलो प्राकृतिक संकट आउने छ’ भनिएको छ ।

यादवले यो घोषणा राष्ट्रघाती रहेको भन्दै यस्तो कार्य बन्द गरिनु पर्ने पनि बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ