arrow

पेट्रोल पम्पमा अतिरिक्त स्वीच राखेर कालोबजारी

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1222522243.jpeg
भक्तपुर । इन्धन अभाव भएकै बेलामा पेट्रोल तथा डिजेल वितरण गर्दा यन्त्र बिगारेर अतिरिक्त स्वीच राखी उपभोक्ता ठग्ने एक पेट्रोल पम्प सञ्चालकलाई पक्राउ परेका छन् ।   भक्तपुर नगरपालिका–७ जगातेस्थित भक्तपुर फ्युल सेन्टरमा भारतबाट मिस्त्री ल्याएर यन्त्र बिगारी इन्धन वितरण गर्दा पेट्रोल तथा डिजेलको परिमाण कम जाने तर अङ्क बढी चढेर बढी रकम देखाउने गरी उपभोक्ता ठगी गरेको पाइएपछि प्रहरीले सञ्चालक पुण्यराम बखातेलाई पक्राउ गरेको हो । 
 
महानगरीय अपराध अनुसन्धान, महानगरीय प्रहरी वृत्त जगाते र नापतौल विभागबाट खटिएको टोलीले पम्पमा छापा मारी अनुगमन गर्दा यस्तो पाइएपछि यन्त्र समेत नियन्त्रणमा लिएको प्रहरी वृत्त जगातेका प्रहरी नायब उपरीक्षक देवेन्द्र पालले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ