arrow

यो आकृति एलियन हो कि भूत ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १७ सोमबार
alien-ghost.JPG

काठमाडौं । भारतको झारखण्डस्थित हजारीबागको एउटा भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । जसमा एक मानिसजस्तो आकृति यताउती चलिरहेको छ । भाइरल भिडियोमा देखिएको उक्त आकृति सडकमा अगाडि बढिरहेको हो । 

शुक्रबार साँझ सामाजिक संजालमा राखिएको उक्त भिडियो चर्चाको विषय बनिरहेको छ । उक्त आकृतिलाई कसैले एलियन (अर्को ग्रहको प्राणी) भनिरहेका छन् त कसैले भूत । 

भिडियोमा अँध्यारोमा मोटरसाइकलको हेडलाइट्सबाट देखिँदा सडकको किनारमा चलिरहेको उक्त आकृतिले हैरान बनायो । उक्त मोटरसाइकलबाटबाट ओर्लिएर एक जनाले मोबाइलमा भिडियो खिच्छन् । 

कसैले उक्त भिडियोलाई भूतको रुपमा वर्णन गर्छन् । कसैले एलियन । आकृति रोकिएर पछाडिसमेत फर्केर हेर्छ । अनि फेरि अगाडि बढ्छ । 

आकृति रोकिँदा यति पातलो लाग्छ कि प्लाइउड जस्तै । कसैले यो भिडियोलाई ठट्टाका रुपमा प्रयोग गरेको पनि भनिरहेका छन् । कसैले स्पेशल इफेक्टको प्रयोग गरेर उक्त भिडियो बनाइएको पनि बताएका छन् । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ