arrow

कोरोनाबाट पत्रकार महासंघ उपाध्यक्ष भण्डारीको निधन, प्रेस युनियन शोकमा

logo
जितेन्द्र भण्डारी, 
प्रकाशित २०७८ जेठ १६ आइतबार
ekraj-bhandari-patrakar-cor.jpg

पाँचथर । नेपाल पत्रकार महासंघ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको निधन भएको छ । गत वैशाश ३१ गते कोरोना भाइरस भइ झापाको बिर्तासिटी अस्पतालमा उपचाररत ५२ वर्षीय भण्डारीको शनिबार अपरान्ह ४ः३० बजे निधन भएको हो ।
 
श्वासप्रश्सावमा समस्या देखिएका भण्डारीलाई भेन्टिलेटरमा राखी उपचार भइरहेकामा शनिबार निधन भएको हो । उनाँको पार्थीव शरीरलाई शनिबारै फिदिम–४ माझीटार स्थित हेंवा घाटमा नेपाली सेनाको फिदिमस्थित रणशेर गणको टोलीले अन्त्येष्टि गरेको छ ।

यसैबीच भण्डारीको निधनप्रति नेपाल प्रेस युनियनले दुःख व्यक्त गरेको छ । युनियनका महासचिव अजयबाबु शिवाकोटीले शोक विज्ञप्ति जारी गर्दै प्रेस युनियन पाँचथरका पूर्व जिल्ला उपाध्यक्ष समेत रहेका भण्डारीको निधनको खवरले नेपाल प्रेस युनियन स्तब्ध भएको जनाएका छन् । 

उनले ‘यस दुःखद घडीमा स्वर्गीय एकराज भण्डारीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल भण्डारी परिवारजनमा नेपाल प्रेस युनियन हार्दिक समवेदना व्यक्त गर्दछ’ भनेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ