arrow

कोरोनाबाट अनाथ भएका बालबालिकालाई नरेन्द्र मोदीको नयाँ योजना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १६ आइतबार
narendra-modi2.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसबाट अनाथ भएका बालबालिकालाई नरेन्द्र मोदी सरकारले नयाँ योजना ल्याएको छ । पीएम केयर्स फर चिल्ड्रेन योजना अन्तर्गत त्यस्ता बालबालिकालाई सहायता राशि दिइने भएको छ । कोरोना महामारीका कारण माता–पिता वा अभिभावक दुवै गुमाएकाहरुका लागि यो सहायता दिइने भएको हो । 

यी बालबालिकाहरुलाई १८ वर्षमा मासिक सहायता राशि र २३ वर्षको उमेरमा पीएम केयर्सबाट १० लाख भारुको कोष पनि दिइने भएको छ । 

कोरोनाको दोस्रो लहरले थुप्रैको ज्यान गइरहेका बेलामा प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ शुरुआत गरेका हुन् । ती बालबालिकाहरुलाई निःशुल्क शिक्षा दिइने भएको छ । उच्च शिक्षाका लागि उनीहरुलाई ऋणकोसमेत व्यवस्था गरिएको छ । 

उक्त ऋणको ब्याज पीएम केयर फन्डबाट दिइने भएको छ । १८ वर्षको उमेरसम्म उनीहरुलाई आयुष्मान भारत योजनामार्फत पाँच लाख रुपैयाँसम्मको स्वास्थ्य बिमा पनि दिइने छ । 

यसका लागि पनि पीएम केयरले भुक्तानी गर्नेछ । प्रधानमन्त्री मोदीले बच्चाहरु देशको भविष्य भएको भन्दै यिनीहरुको मद्दतका लागि सबै सहयोग गरिने बताएका छन् । 

सरकारले यिनीहरुको भविष्य उज्ज्वल होस् भन्नका लागि हरप्रयास गर्ने पनि मोदीको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ