arrow

धारा ७६(५)मा संसदलाई ५ वर्ष जोगाउनका लागि आत्मानिर्णयको अधिकार दिइएको हो:  पौडेल 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १३ बिहिबार
ramchandra-poudel-final.jpg

काठमाडौं । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले  कोरोनाबाट जनता, शासकबाट संविधान र कांग्रेस पार्टी बचाउने दायित्व एकैसाथ गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

नेपाल प्रेस युनियनका स्थापना दिवसका अवसरमा आयोजित भर्चुअल कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले उनले कोरोनाबाट नागरिकलाई बचाउनका लागि सरकारले सम्पुर्ण शक्तिको प्रयोग गर्न नसकेका कारण समस्या भएको बताए ।

उनले कोरोनाबाट नागरिकलाई जोगाउनका लागि पनि नेपाली कांग्रेसले ठोस कदम चाल्नुपर्ने बताए । त्यसैगरि पौडेलले अहिलेका शासकबाट संविधान जोगाउने दायित्व पनि कांग्रेसको काँधमा भएको बताए । उनले शासकले संसद विघटन गरेर संविधान च्यात्न खोजेको भन्दै संविधान जोगाउनका लागि कांग्रेस मैदानमा आएको बताए ।

उनले संविधानको धारा ७६ को उपधार ५ ले अमेरिकी कंग्रेसका सदस्यले जस्तो सांसदहरुलाई स्वविवेकी अधिकारीको दिइएको बताए । उनले संविधान निर्माणका क्रममा कुन प्रणाली अपनाउने भन्ने विषयमा विवाद भएको स्मरण गर्दै संविधान भनेको संझौताको दस्तावेज भएको बताए । उनले संझौताको दस्तावेज भएकाले यो संविधानका केहि संसदीय व्यवस्था अनुरुपका भएको र केहि व्यवस्था अमेरिकी व्यवस्था जस्तो भएको बताए ।

उनले धारा ७६ को उपधारा १,२, ३ अनुसार सरकार बन्न सकेन भने सांसदहरुलाई आत्मानिर्णयको अधिकार दिएर प्रतिनीधिसभा ५ वर्ष टिकाउने व्यवस्था धारा ६५ को उपधारा ५ मा गरिएको स्पष्ट पारे । धारा ७६ को उपधारा ५ मा दलिय व्यवस्था भन्दा पनि बाहिरको अवस्था कल्पना गरेर प्रतिनीधिसभाका सदस्यको स्वतन्त्रत अस्थित्व स्वीकार गरेर सरकार बनाउन सकिन्छ भन्ने आशय भएको बताए ।

त्यसैगरि पौडेलले पार्टीमा पनि कार्यतालिका बनाएका काम गर्न नसक्दा अन्तिम समयमा महाधिवेशन गर्न नसकेर पार्टीको अस्तित्व समाप्त हुने अवस्थामा पुगेको पार्टी जोगाउनुपर्ने दायित्व पनि कांग्रेस नेता कार्यकर्ताको काँधमा परेको बताए । उनले भदौमा महाधिवेशन सम्पन्न नगर्दा पार्टी कोल्याप्स हुने अवस्था भएकाले कांग्रेसले महाधिवेशन गर्ने बारेमा पनि चनाखो हुनुपर्ने बताए ।।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ