arrow

सिटी कार्गोद्वारा निःशुल्क अक्सिजन डेलिभरी सेवा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १० सोमबार
sipradi-free-oxygen-cylinder-delivery.jpg

काठमाडौँ। कोभिड१९ को बढ्दै गएको सङ्क्रमणले आक्रान्त पारिरहेको बेलामा बिरामीको उपचारमा अक्सिजनको धेरै खपत हुन थालेपछि व्यापक माग बढिरहेको छ। सो अभावलाई कम गर्न र उपयुक्त सामग्री प्रदान गर्न विभिन्न सरकारी निकाय, निजी क्षेत्र तथा विभिन्न सङ्घ संस्थाबाट सहयोग जुट्दै छन्। यही बढिरहेको अक्सिजन सिलिन्डरको मागलाई सहज गर्ने उद्देश्यका साथ उपाय सिटी कार्गोले निःशुल्क ढुवानी सेवा दिइरहेको जनाएको छ।

निषेधाज्ञाका कारण अक्सिजन सिलिन्डर ओसार पसार गर्न सर्वसाधारण तथा केही संस्थाहरूलाई निकै समस्या पारिरहेको थाहा पाएपछि उपाय सिटी कार्गोका कर्मचारी र उक्त संस्थासँग आबद्ध टाटा योद्धा र टाटा एसका सवारीधनी हरु मिलेर हाल काठमाडौँ, पोखरा तथा बुटवल–भैरहवामा निःशुल्क सेवा दिँदै आएको जनाएका छन्। 

उपाय सिटी कार्गोका चिफ अपरटिङ अफिसर (सीओओ) अमिगो खड्का भन्छन्, ‘हामीले हाल मे २३ सम्म ५१२ भन्दा बढी अक्सिजन सिलिन्डरहरू डेलीभर गरिसकेका छौँ। हाम्रो उपाय सिटी कार्गोको सञ्जालमा आबद्ध यस घडीमा पनि अग्र पन्थीमा डटेर अत्यावश्यक सामग्रीहरू ढुवानी गर्दै गर्नुभएका मध्ये २० जना टाटा गाडीका सवारी धनीहरूले सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्दै ढुवानी सेवा दिइरहनु भएको छ। हामी प्रार्थना गर्दछौँ कि तपाईँ वा तपाईँको परिवारमा त्यस्तो कुनै समस्या नआओस्, तर परिस्थितिवश अक्सिजन सिलिन्डर ढुवानी गर्नुपर्ने अवस्था आएमा हामी छौँ भनेर जानकारी दिन चाहन्छौँ।’

आपातको यो बेला सम्पर्क गर्न सजिलो होस् भनेर ९८८१०९८८३० र ९८८१०९८८८० मा फोन गर्न सकिने तथा यो सेवा २४ ऐ घण्टा नै उपलब्ध हुने सिटी कार्गोले जनाएको छ । थप जानकारी चाहिएमा दिइएको वेबसाइटबाट लिन सकिने पनि कार्गोले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ