arrow

राष्ट्रपतिको कदम संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र हो : रामचन्द्र पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ६ बिहिबार
ramchandra-poudel-1618230382.jpg

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिइक नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आह्वान गर्नु भनेको संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको बताएका छन् ।

उनले उनले भने, ‘सामान्यतया नयाँँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिने प्रचलन भएपनि एकाएक २४ घण्टाको पनि समय नदिइ सरकार गठनको आह्वान गर्नु भनेको संसदलाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भन्दा अरु केहि हुन सक्दैन् ।’

‘राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिइकन संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आह्वान गर्नु भनेको संविधान फाल्ने षड्यन्त्र नै हो,’ उनले भने,‘यो अवस्थामा सम्पुर्ण राजनीतिक दलहरुलाई नेपाली जनताको ७० वर्षको त्यागबाट आएको संविधान जोगाउने प्रयासमा लाग्न हार्दिक अपिल गर्दछु ।’

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न मिति २०७८ जेठ ७ गते साँझ ५ः०० बजे सम्मको समय दिएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत नलिने र वैकल्पिक सरकार गठनका लागि बाटो खोलिदिने बताएपछि राष्ट्रपतिबाट नयाँ प्रक्रियाका लागि आव्हान भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ